Banner NewsBanner news (with photo)अर्थतन्त्रकृषि/सहकारीताजा समाचारदेशनीलकण्ठ नगरपालिकामुख्य समाचारवाग्मती प्रदेशसमाचारस्थानीय समाचार

श्रोत परिचालन सहकारीको २७ औं साधारण सभा,नाफा १ करोड माथी

श्रोत परिचालन सहकारीको २७ औं साधारण सभा,नाफा १ करोड माथी

Spread the love by sharing this post

नीलकण्ठ नगरपालिका–३ धादिङवेशीमा प्रधान कार्यालय रहेको श्रोत परिचालन बचत तथा ऋण सहकारी संस्था लिमिटेड (साकोस) को २७ औं साधारण सभा सम्पन्न भएको छ ।

 साकोसका अध्यक्ष रुद्र बहादुर खत्रीको अध्यक्षतामा भएको अन्तिम भेलामा नेपाल नगरपालिका संघका अध्यक्ष समेत रहेका नीलकण्ठ नगरपालिकाका प्रमुख भीम प्रसाद ढुङगानाको प्रमुख आतिथ्यता रहेको थियो । असोज १६ गतेदेखि सुरु भएको एकाइगत साधारणसभा असोज २१ गते एकाइ प्रतिनिधिहरुको भेलाले अन्तिम निर्णय पुस्तिका प्रमाणित गरी सम्पन्न गरेको हो ।

श्रोत साकोसमा ७ हजार ५ सय ९७ जना सक्रिय सदस्य रहेका छन् । त्यस्तै बालबचततर्फ १ हजार ९ सय ३८ जना रहेका छन् । कुल ६ करोड ८७ लाख १२ हजार ४ सय रुपैया सदस्यको शेयर पुँजी रहेको साकोसमा कुल ६४ करोड ८४ लाख ३९ हजार ५ सय ३० रुपैया बराबरको सम्पत्ति रहेको छ । अघिल्लो वर्षको तुलनामा १९.८१ प्रतिशतले सम्पत्तिमा वृद्धि भएको हो । कुल सम्पतीको ८.२४ प्रतिशत संस्थागत पुँजीकोष रहेको छ ।

आर्थिक वर्ष २०८०/०८१ मा करिव सवाँ करोड नाफा कमाएको छ । सहकारीले गत वर्ष १ करोड २६ लाख भन्दा बढी नाफा कमाउन सफल हो । उक्त नाफाबाट शेयर सदस्यहरुलाई ७ प्रतिशत लाभांश दिने निर्णय गरिएको महासचिव नवराज पाठकले बताए ।

संरक्षित पुँजी फिर्ता कोष मार्फत बचत तर्फ २.७८ प्रतिशत र ऋण तर्फबाट २.९५ प्रतिशत रकम सदस्यहरुलाई फिर्ता गर्ने उनले बताए ।

प्रतिवेदन अनुसारअघिल्लो आर्थिक वर्षको तुलनामा २३ं.३ प्रतिशत रकम बचत संकलनमा बृद्धि गर्न सफल भएको छ। एक सदस्यको ब्यवसायलाई अधिकतम ५० लाख रुपैयासम्म लगानी गर्ने गरेको साकोसले अघिल्लो आर्थिक वर्षको तुलनामा ऋण लगानीमा १४.९ प्रतिशत बृद्धि गर्न सफल भएको प्रतिवेदनमा उल्लेख छ ।

श्रोत परिचालन सहकारीको २७ औं साधारण सभा,नाफा १ करोड माथी

श्रोत साकोसमा ७ हजार ५ सय ९७ जना सक्रिय सदस्य रहेका छन् । त्यस्तै बालबचत तर्फ १ हजार ९ सय ३८ जना रहेका छन् ।कुल ६ करोड ८७ लाख १२ हजार ४ सय रुपैया सदस्यको शेयर पुँजी रहेको साकोसमा कुल ६४ करोड ८४ लाख ३९ हजार ५ सय ३० रुपैया बराबरको सम्पती रहेको छ ।

प्रतिवेदन अनुसार अघिल्लो वर्षको तुलनामा १९.८१ प्रतिशतले सम्पतीमा बृद्धि भएको हो । कुल सम्पतीको ८.२४ प्रतिशत संस्थागत पुँजीकोष रहेको छ । सहकारीको ऋण जोखिम कोषमा आवश्यक पर्ने शतप्रतिशत जोखिम रकम रहेको सहकारीले जनाएको छ । कोषमा २ करोड ६६ लाख ४४ हजार २ सय १६ रुपैया रहेको छ ।

सहकारीले गत आर्थिक वर्षमा १ हजार ४ सय ६६ जना शेयर सदस्यहरुलाई सहकारी शिक्षा कार्यक्रम मार्फत वित्तिय रुपमा साक्षर बनाएको बार्षिक साधारणसभामा जानकारी दिइएको थियो । त्यस्तै सहकारीका विभिन्न गतिविधिहरुमा सामेल भएको, बचत तथा ऋणको कारोवारहरु नियमित रुपमा गरेका १ सय ८१ जना शेयर सदस्यहरुलाई विभिन्न विधामा साधारणसभाको अवसरमा पुरस्कृत समेत गरिएको थियो । सोही अवसरमा संस्थाको वर्ष कर्मचारीको रुपमा कार्यालय सहयोगी शुसिला थापालाइ नगद पुरस्कार सहित सम्मान गरिएको थियो ।

असोज १६ गते सल्यानटार सदस्य सेवा केन्द्र, १७ गते नीलकण्ठ बालमन्दिर मावि, १८ गते कैलाश सदस्य सेवा केन्द्र र १९ गते न्यु किवो बोर्डिङ स्कुलमा एकाइगत साधारण सभा गरी प्रतिनिधि छनौट मार्फत सोमबार एकाई प्रतिनिधिहरुको अन्तिम भेलाबाट साधारण सभा सम्पन गरिएको हो ।

नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङवेशीमा प्रधान कार्यालय रहेको सहकारीको हाल गल्छी गाउँपालिका वडा नं ७ र त्रिपुरासुन्दरी गाउँपालिका वडा नं २ मा सदस्य सेवा केन्द्र सञ्चालनमा रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button