आजको फोसबुक फोटो
सन्तोषी श्रेष्ठ म्याराथन डेब्युमा राष्ट्रिय कीर्तिमानसहित गोल्डमेडल साथै मलाई ओलम्पिकको म्याराथन सम्म
सन्तोषी श्रेष्ठ म्याराथन डेब्युमा राष्ट्रिय कीर्तिमानसहित गोल्डमेडल साथै मलाई ओलम्पिकको म्याराथन सम्म
यो वर्ष मेरो खेलजीवनमा उल्लेखनीय सन्दर्भहरु भए, जुन सन्दर्भहरु सुन्दर सम्झना बनेर बस्ने खालका छन् । यसै वर्षले म्याराथन डेब्युमा राष्ट्रिय कीर्तिमानसहित गोल्डमेडल साथै मलाई ओलम्पिकको म्याराथनसम्म पुर्यायो । जुन ओलम्पिकका लागि हरेक खेलाडीमा संघर्ष र सपनाको यात्रा हुनेगर्छ । हो सन् २०२४ ले यत्तिका वर्षको संघर्षलाई ओलम्पिक सपनाको यात्रा पूरा गराएको छ र थप सपनाहरु साँच्न बाटो दिएको छ । सन् २०२४ को १२ महिनामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी १७ महत्वपूर्ण दौडहरु खेलेँ जसमा राष्ट्रिय स्तरमा सबैमा स्वर्ण पदक भने अन्तर्राष्ट्रिय स्तरमा भएका खेलमा पनि पदक जित्न सकेँ । यसै वर्ष मालदिभ्सको आइल्याण्ड रनर्सको तर्फबाट पनि खेल्दै व्यावसायिक खेलको अवसर पनि पाएँ । यहाँ सन् २०२४ लाई सरसर्ती सम्झन चाहन्छु ।
बंगबन्धु ढाका म्याराथन, बंगलादेश, स्वर्ण पदक, राष्ट्रिय कीर्तिमान (२ः४६ः२३),पोखरा हाफ म्याराथन, स्वर्ण पदक (कोर्स कीर्तिमान),धरान रन, स्वर्ण पदक (चौथोपटक),नेपाल आर्मी हाफ म्याराथन, स्वर्ण पदक (दोस्रोपटक),प्रोटिन हाफ म्याराथन, स्वर्ण पदक (दोस्रोपटक),लुम्बिनी शान्ति हाफ म्याराथन, स्वर्ण पदक,प्रदेश राष्ट्रिय खेलकुद, १०००० मिटर, स्वर्ण पदक,प्रदेश राष्ट्रिय खेलकुद, ५००० मिटर, स्वर्ण पदक,पेरिस ओलम्पिक, फ्रान्स, म्यारथन पूरा,मालदिभ्स नेशनल च्याप्यिनसिप, मालदिभ्स, ५००० मिटर, स्वर्ण पदक (प्रतियोगिता कीर्तिमान),एसियन क्रम कन्ट्री, हङकङ, आठौं स्थान,धिरगु रोड रेस, मालदिभ्स, हाफ म्याराथन, स्वर्ण पदक (कोर्स कीर्तिमान),धिरगु रोड रेस, मालदिभ्स, ५ कि.मि., स्वर्ण पदक (कोर्स कीर्तिमान),गरिमा रोड रेस, १० कि.मी., स्वर्ण पदक,पटना हाफ म्याराथन, भारत, रजत पदक,नेपालगञ्ज हाफ म्याराथन, स्वर्ण पदक (लगातार चौथोपटक),दार्जिलिङ हिल म्याराथन, भारत, कास्य पदक (दोस्रोपटक) यो खेलहरुका आयोजक, मलाई खेल कला–कौशल दिने गुरुहरु, अग्रजहरु, सहयोगी साथीहरु, खेल संघ–संस्थाहरु, सम्बन्धित निकायहरु, पत्रकार तथा सञ्चारमाध्यमहरु, जोन इयर्ले ट्रष्ट, हिमालयन इलिट रन, आइल्याण्ड रनर्स मालदिभ्स, ग्लोबल स्पोर्टस् कम्युनिकेसन नेदरल्याण्ड, फिजियो मुभः मुभ पर्फमेन्स नेदरल्याण्ड, मनोस्वास न्युरो थेरापी, काठमाडौं नेचरोपेथी अस्पताल, सम्पूर्ण शुभेच्छुकहरु साथै परिवारका सबैलाई धन्यवाद । साथै विभिन्न परियोजनामा सहजकर्ता, अन्तक्रियामा वक्ता, मोटिभेसनल स्पिकरका रुपमा आमन्त्रण गर्नुहुने विभिन्न संस्था, स्कुल, कलेज, स्थानीय निकाय, मन्त्रालयलाई पनि हार्दिक आभार व्यक्त गर्दछु ।