ताजा समाचारदेशमुख्य समाचारराजनीतिसमाचार

सरकारको सय दिन पुरा,२६ वटा प्रशासकीय भवन, ४० वटा झोलुङ्गे पुल सम्पन्न

सरकारको सय दिन पुरा,२६ वटा प्रशासकीय भवन, ४० वटा झोलुङ्गे पुल सम्पन्न

Spread the love by sharing this post

२०८१,कात्तिक ४,आइतबार,

आज मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा सचिव गेलालले सय दिनको अवधिमा २६ वटा प्रशासकीय भवन निर्माण सम्पन्न र ४० वटा झोलुङ्गे पुल निर्माण सम्पन्न गरेको जनाएको छ ।

सय दिनको अवधिमा ५० वटा झोलुंगे पुल निर्माण गर्ने लक्ष्य लिएकोमा ४० वटा सम्पन्न गरेको बताए । विपद्का कारण बाँकी १० वटा थप्नलाई कठिनाइ भएको बताए, प्राकृतिक मनसुनजन्य विपदका कारण बाँकी १० वटा थप्नलाई केही कठिनाइ भएको उहाँको भनाइ छ ।

कालीकोटको तिलागुफा नगरपालिकामा ४० जना अट्ने, जुम्लाको चन्दननाथ नगरपालिकामा ४० जना, महोत्तरीको जलेश्वर नगरपालिकामा सय जना र सप्तरी तिलाठी कोइलाडीमा सय जना अट्ने आपत्कालीन केन्द्र निर्माण गर्ने भनेअनुसार दुई वटा पूर्ण रुपमा सम्पन्न भएको र बाँकी दुई वटाको भवनहरु बनिसकेको र बाथरुमको केही मात्रै बाँकी रहेको जानकारी दिए ।

सय दिनको बीचमा सात वटा स्वास्थ्य भवन निर्माण सम्पन्न गर्ने निर्णय गरेअनुसार जिल्ला जनस्वास्थ्य कार्यालय भवन, सोलुखुम्बु, लुमरुपा आयुर्वेद औषधालय भवन, पाँचथर, डडेलधुरा उप क्षेत्रीय अस्पताल भवन, डडेलधुरा, इसिवु स्वास्थ्यचौकी भवन, तेह्रथुम, बाह्रेकटौरे स्वास्थ्य चौकी भवन, महालक्ष्मी नगरपालिका, धनकुटा, मूर्तिढुंगा स्वास्थ्यचौकी भवन महालक्ष्मी नगरपालिका, धनकुटा, थोक्लुङ स्वास्थ्यचौकी भवन गरी सात वटा सम्पन्न गरेको बताए । भैंसेपाटीमा निर्माणधीन मन्त्री आवास निर्माणका लागि सबै मन्त्रीलाई सार्ने भन्ने लक्ष्य लिएकोमा सो लक्ष्य पनि पूरा गरिसकेको बताए । दमक व्यापारिक कम्प्लेक्स र चितवनको सौरहा सभा हल निर्माण कार्य सम्पन्न भइसकेको जानकारी दिए ।

नेपालको सबैभन्दा लामो त्रिवेणी—सुस्ता बहुत्तरी झोलुंगे पुल निर्माण कार्य सम्पन्न भइ सञ्चालनमा ल्याएको र गोकर्णदेखि गुह्येश्वरीसम्मको ६ किलोमिटर क्षेत्रमा ढल व्यवस्थापन गर्ने कार्य निर्माणाधिन रहेको बताए । त्यस्तै धरहरा शुल्क लिएर सञ्चालन गर्ने निर्णय अब छिटै हुने पनि जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button