कर्णाली प्रदेशकोशी प्रदेशगण्डकी प्रदेशताजा समाचारदेशमधेस प्रदेशमुख्य समाचारलुम्बिनी प्रदेशवाग्मती प्रदेशसमाचारसुदूरपश्चिम प्रदेशस्वास्थ्य

सरकारले देशभरका १६ लाख किशोरीलाई पाठेघर क्यान्सरविरुद्धको खोप निःशुल्क लगाइने

सरकारले देशभरका १६ लाख किशोरीलाई पाठेघर क्यान्सरविरुद्धको खोप निःशुल्क लगाइने

Spread the love by sharing this post

०८१ कात्तिक २९,बिहीबार,

सरकारले देशभरका १६ लाख ८८ हजार नौ सय भन्दा बढी किशोरीलाई निःशुल्क पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइने भएको छ ।

१५ दिन सञ्चालन हुने अभियानअन्तर्गत देशैभरका किशोरीहरुलाई खोप दिइनेछ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पाठेघरको मुखको क्यान्सरबाट जोगाउने उद्देश्यले किशोरीलाई निःशुल्क खोप लगाउने निर्णय गरेसँगै यही माघ २३ गते क्यान्सर दिवसको अवसर पारेर देशव्यापी खोप अभियान थाल्ने मन्त्रालयको तयारी छ। हाल नेपालमा हरेक दिन ४ जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट ज्यान गइरहेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । किशोरीहरुलाई सानै उमेरबाट नै क्यान्सरबाट जोगाउन यस्तो निर्णय गरिएको मन्त्री पौडेलले बताए ।

मन्त्री पौडेलले आगामी वर्षबाट नियमित खोप अभियानमा समेत पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप समावेश गराउने निर्णय गरेका छन् । जसअनुसार यसै वर्ष नियमित खोपमा समावेश हुन चाहने कक्षा ६ अध्ययनरत वा १० वर्षका बालिकाले यो खोप लगाउन पाउनेछन् ।

देशभरका ७ देखि १४ वर्ष उमेर समूहका किशोरीहरु लाभान्वित हुने,आगामी वर्षबाट भने सबै किशोरीले नियमित रुपमा खोप लगाउन पाउने गरी व्यवस्था गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।

१५ दिन सञ्चालन हुने अभियानअन्तर्गत देशैभरका किशोरीहरुलाई खोप दिइनेछ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button