Banner NewsBanner news (with photo)ताजा समाचारदेशनीलकण्ठ नगरपालिकामुख्य समाचारवाग्मती प्रदेशसमाचारस्थानीय समाचार

सवारी साधनमा चर्को भाडा तिरेका यात्रुलाइ प्रहरी जाँचबुझ पछि रकम फिर्ता

सवारी साधनमा चर्को भाडा तिरेका यात्रुलाइ प्रहरी जाँचबुझ पछि रकम फिर्ता

Spread the love by sharing this post

८१ आश्विन २९, मंगलबार

दसैंको मौका छोपी यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिएको गुनासो आएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले बढी भाडा लिने सवारीलाई कारवाही गरेर यात्रुलाई बढी भाडा वापतको रकम फिर्ता गराएको हो ।

धादिङबेसी मलेखु, काठमाण्डौ, नारायणघाट लगायतका स्थानमा जाने यात्रुुबसका यात्रुुहरुले कष्टकर यात्रा र बढी भाडाका कारण दुख पाएका छन् ।
धादिङबेसी मलेखु १७ दशमलब ५ किलोमिटर पिच सडक हो । यहाँको भाडा म्याजिक बसले १ सय  ५०  रुपैयाँ भाडा असुलेको धादिङबेसी ट्राफिक प्रहरी प्रमुख दुुर्गाप्रसाद गौतमको नेतृत्वमा भएको चेकजाँचको क्रममा जानकारी भएको हो ।

सवारी साधनमा चर्को भाडा तिरेका यात्रुलाइ प्रहरी जाँचबुझ पछि रकम फिर्ता

 

चाडपर्वको मौका छोपी यात्रुसँग बढी भाडा लिएको गुनासो आएपछि धादिङ काठमाण्डौको मिनिबसको भाडा २ सय ८० रुपैयाँ पर्ने भएपनि डिलक्स बस भन्दै ३ सय ५० रुपैयाँ बढी भाडा तिर्न बाध्य हुनुभएका करिब १ सय यात्रुको भाडा वापतको रकम फिर्ता गराउन सफल भएका छौं, धादिङबेसी ट्राफिक प्रहरी प्रमुख दुुर्गाप्रसाद गौतमले भन्नुभयो ।
गलत तरिकाले यात्रुसंग भाडा लिने मनसाय नभएको भन्दै ग्रामिण यातायात प्रालिका व्यवस्थापक जय भट्टले यात्रुलाई भाडा फिर्ता गराइएको बताउनुुभयो । डिलक्स भनेर साधारण मिनिबसमा मानिस लानेगरेको भएपनि यसअघि उजुरी नपरेको र यस पटक भने यात्रुको उजुरीपछि यात्रुले रकम समेत फिर्ता पाएका हुन् ।

सवारी साधनमा चर्को भाडा तिरेका यात्रुलाइ प्रहरी जाँचबुझ पछि रकम फिर्ता

हाइस भनेर चिनिएको माइक्रो बसको काउण्टरले धादिङबेसी बिचबजारमा काउन्टर राखेपनि दशेँको मौकामा यात्रुसंग चर्को भाडा लिएको खुलेको छ । काउन्टर बन्द गरेर बाहिर बाहिरबाट यात्रुराखेर ६सय देखि १ हजारसम्म रकम असुल गरि काठमाण्डौ लान लागिएको अवस्थामा ५ ओटा हाइसलाई कारबाही समेत ट्राफिक प्रहरीले गरेको छ ।

सवारी साधनमा चर्को भाडा तिरेका यात्रुलाइ प्रहरी जाँचबुझ पछि रकम फिर्ता
बस टिकट काउन्टरले चलानी बनाउँदा समेत कुनैपनि यात्रुको नाम नै नराखी बनाउने गरेको, बढी भाडा लिएर पठाउने गरेको, दशैँको बेला भनेर यात्रुलाई भन्ने गरेको, अहिले त हो कमाउने भन्ने गरेको जस्ता गुनासो यात्रुहरुको छ ।

सवारी साधनमा चर्को भाडा तिरेका यात्रुलाइ प्रहरी जाँचबुझ पछि रकम फिर्ता
टिककाउन्टरमा मानिसको भिड लागेको भएपनि महंगो भाडा लिन पाइने भएपछि यहाँका केही यातायात व्यवसायिका कारण समग्र रुपमा यातायात व्यवसाय नै बदनाम भएकोले इमान्दारपुुर्वक यातायात संचालन गर्नु पर्ने व्यवस्थापक भट्टको भनाइ छ ।

 

 

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button