Banner NewsBanner news (with photo)कृषिकृषि/सहकारीगण्डकी प्रदेशताजा समाचारदेशमुख्य समाचारराजनीतिसमाचार

सहकारी ठगी प्रकरणमा रवि लामिछानेलाई अनुसन्धान गर्न ६ दिन म्याद थप

सहकारी ठगी प्रकरणमा रवि लामिछानेलाई अनुसन्धान गर्न ६ दिन म्याद थप

Spread the love by sharing this post

२०८१,कात्तिक ४,आइतबार,

पूर्वउपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई विरुद्ध सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्न प्रहरीले ६ दिन हिरासतमा राख्न अनुमति दिएको छ।

कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालको इजलासले रवि लामिछानेमाथि अनुुसन्धान गर्न ६ दिन हिरासतमा राख्न सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि समय दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।

संसदीय समितिको प्रतिवेदन आएपछि असोज ६ मा गोर्खा मिडियाका पूर्वउपाध्यक्ष जोशी काठमाडौंको शंखमूलबाट पक्राउ परेका थिए । जोशीविरुद्ध अनुसन्धान गर्न कास्की जिल्ला अदालतले शुक्रबार २० दिनको म्याद थप गरिसकेको छ ।

पोखराको सूर्यदर्शन सहकारीको बचत हिनामिनामा संलग्न रहेको आरोपमा हालसम्म ६० जनालाई प्रतिवादी बनाइएको छ ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button