Banner NewsBanner news (with photo)खेलकुदताजा समाचारदेशमुख्य समाचारवाग्मती प्रदेशविश्वसमाचार

साफ महिला फुटबल च्याम्पियनसिपमा आज नेपाल र माल्दिभ्स खेल्दै

साफ महिला फुटबल च्याम्पियनसिपमा आज नेपाल र माल्दिभ्स खेल्दै

Spread the love by sharing this post

भिषण श्रेष्ठ,धादिङ,०८१,कात्तिक ५,सोमबार,

साफ महिला च्याम्पियनसिप फुटबलमा आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे नेपालले माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ।

समूहमा नेपालको १ अंक छ भने माल्दिभ्सअंकविहीन छ,यो खेल सेमिफाइनल पुग्नका लागि निकै महत्वपूर्ण छ।​ बराबरीले नेपाललाई बेफाइदा हुनेछ भने जितले सेमिफाइनलको बाटो सहज हुनेछ।

नेपाल र माल्दिभ्सबीच साफ महिला च्याम्पियनसिपमा अहिलेसम्म ३ पटक प्रतिस्पर्धा भएको छ। सन् २०१० को पहिलो , सन् २०१२ को दोस्रो र सन् २०१६ को चौथो संस्करणमा नेपाल र माल्दिभ्सबीच प्रतिस्पर्धा भएको छ। पहिलो संस्करणमा ६ –० ले , दोस्रोमा ५–० ले र चौथोमा ९–० ले माल्दिभ्स हारेको छ। नेपालले माल्दिभ्सबिरुद्ध २० गोल गर्दा एक गोल पनि खाएको छैन।

समूह बी मा नेपालको १ अंक छ भने माल्दिभ्स अंकविहीन छ । माल्दिभ्स पहिलो खेलमा श्रीलंकासँग १-० ले पराजित भएको थियो । आजै श्रीलंका र भुटानबीच दिउँसो साढे १ बजे खेल हुनेछ ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button