सुदर्शन रिजाल द्वारा धादिङ उद्योग बाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी घोषणा
सुदर्शन रिजाल द्वारा धादिङ उद्योग बाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी घोषणा
धादिङ उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा सुदर्शन रिजालले उम्मेदवारी घोषणा गरेका छन् ।
मंगलबार धादिङबेसीमा उम्मेदवारी घोषणा सभाको कार्यक्रमको आयोजना गर्दै रिजालले यही पौष २६ र २७ गते हुने धादिङ उद्योग बाणिज्य संघको रिजालले संघ भित्र भएको आर्थिक अनियमिततालाई पूर्ण रुपमा नियन्त्रण गर्न,प्रशासनिक पारदर्शिता कायम गर्न र धादिङ उद्योग वाणिज्य संघको सुस्ताएको छविलाई शसक्त र व्यवसायी मैत्री बनाउन बरिष्ठ उपाध्यक्ष पदमा उम्मेद्वारी दिने आज एक कार्यक्रमको आयोजना गरि घोषणा गरेका हुन् ।
‘दिन होस् वा रात धादिङ उद्योग वाणिज्य संघ सबै व्यवसायीहरुको साथ’ भन्ने मूल मन्त्रलाई यथार्थमा बदल्न आफुले उम्मेदवारी दिएको उनले बताए । आर्थिक अनियमितता नियन्त्रण गरी प्रशासनिक पारदर्शिता कायम गर्ने, सुस्ताएको संघलाई सशक्त र व्यवसायी मैत्री बनाउनेछ’ उनले भने– ‘व्यवसायीको हितमा काम गर्नेछु । संघलाई व्यापार, लगानी र उद्यमशीलताको हिसावले नेतृत्वदायी संस्थाको रुपमा स्थापित गर्न आवश्यक छ । यो मन्दीको समयमा घर भाडा समस्या समाधान, व्यवसायी नितिहरुको वकालत, साझेदारी विकास, व्यवसायिक जोखिम न्यूनिकरण, उद्यम तथा व्यवसायको प्रवद्र्धन, संघलाई निजि क्षेत्रको एक भरोसा योग्य, सक्षम, गतिशील बनाउन मेरो उम्मेदवारी हो ।
तपाईको उम्मेदवारी घोषणामा ढिलाई भएन भन्ने प्रश्नमा रिजाल भन्छन्– ‘व्यवसायीहरुको घर आँगनमा पुगेर सबै व्यवसायीहरुको मनोभावना अनुसार उम्मेदवारी घोषणा गरेको हुँ । त्यसैले अलि ढिलाई चाँहि भएके हो । तर मलाई सबै व्यवसायीहरु र राजनितिक दलहरुको सहयोग रहेको छ । यो नै मेरो जित्ने बलियो आधार हो र संघमा आफु ९ वर्षदेखी आवद्ध रहेको भन्दै उहाँले आफुलाई सबै राजनितिक दलसँगै सबै व्यवसायीहरुको साथ रहेको र एक्लै मैदानमा उत्रिएको बताउनुभयो ।
रिजालले आफ्नो प्रतिबद्धताहरु समेत सार्वजनिक गर्नुभएको छ।