Banner NewsBanner news (with photo)खेलकुदताजा समाचारदेशनीलकण्ठ नगरपालिकामुख्य समाचारवाग्मती प्रदेशसमाचार

स्व.मनोज श्रेष्ठको स्मृतिमा,धादिङमा जिल्ला स्तरिय पुरुष र महिला भलिबल प्रतियोगिता हुने

स्व.मनोज श्रेष्ठको स्मृतिमा,धादिङमा जिल्ला स्तरिय पुरुष र महिला भलिबल प्रतियोगिता हुने

Spread the love by sharing this post

२०८१,कात्तिक,बिहीबार ८,भिषण श्रेष्ठ,धादिङ

धादिङ जिल्ला भलिबल टिमका पूर्व कप्तान स्व.मनोज श्रेष्ठको स्मृतिमा जिल्ला भलिबल संघ धादिङको आयोजनामा आगामी मंसिर ६ गतेदेखी ८ गतेसम्म सदरमुकाम धादिङबेशीमा जिल्लाको अन्तर पालिका स्तरीय महिला/पुरुष भलिबल प्रतियोगिता हुने भएको हो ।

प्रतियोगितामा पालिकाभित्रको अन्य क्लब, संघ,संस्थाले पनि भाग लिन पाउने तर खेलाडी एउटै पालिकाको हुनु पर्ने छ। प्रतियोगितामा सहभागी हुने टिममा खेलाडी संख्या १२ जना (एउटै पालिकाको हुनुपर्ने), टिम कोच १ जना र टिम म्यानेजर १ जना हुनुपर्ने बताउनुभयो ।

पुरुष भलिबल खेलमा प्रथम हुनेले नगद १ लाख १ हजार १११ सहित ट्रफि,मेडल र प्रमाणपत्र, दोस्रो पुरस्कार नगद ५५ हजार ५५५ र सेमिफाइनलमा पुग्ने टिमहरुलाई रु.२०/२० हजार प्रदान गरिने धादिङ जिल्ला भलिबल संघका अध्यक्ष अमृत गुरुङ (तिलक)ले जानकारी दिनुभयो । महिला भलिबल तर्फ प्रथम हुनेले नगद ५५ हजार ५५५ सहित ट्रफि,मेडल र प्रमाणपत्र, द्वितीय हुनेले ३० हजार ३३० र सेमिफाइनल पुग्ने टिमहरुलाई रु.१५/१५ हजार पाउने अध्यक्ष गुरुङले बताउनुभयो ।

यसैगरी विधागततर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सेटर, उत्कृष्ट सर्भर, उत्कृष्ट लिब्रो र उत्कृष्ट कोचले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

धादिङको गंगाजमुना गाउँपालिका–४,गुम्दी घर भएका धादिङ भलिबल टिमका कप्तान श्रेष्ठको ०८० कात्तिक ९ गते सिद्धलेकको खिर्रेभञ्याङमा आयोजित भलिबल प्रतियोगिताकै समयमा निधन भएको थियो।

टिपटप हेल्प नेपालबाट प्रधानमन्त्री कप एनभीए समेत खेलेका श्रेष्ठको कप्तानीमा धादिङले बागमती प्रदेश स्तरिय प्रतियोगिता समेत जितेको थियो ।

प्रतियोगितामा सहभागी हुने सम्पूर्ण खेलाडीको बिमा गरिने भलिबल संघका अध्यक्ष गुरुङले बताउनुभयो ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button