Banner NewsBanner news (with photo)ताजा समाचारनीलकण्ठ नगरपालिकाफिचरफोटो फिचरमुख्य समाचारसमाचारस्थानीय तहस्थानीय समाचार

हिरोको दुई नयाँ मोटरसाइकल धादिङबेसी शाखाबाट विक्री सुरु,एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आर (फोटो फिचर)

हिरोको दुई नयाँ मोटरसाइकल धादिङबेसी शाखाबाट विक्री सुरु,एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आर (फोटो फिचर)

Spread the love by sharing this post

 जिल्ला सदरमुकाम धादिङबेसीमा रहेको शाखा कार्यालयबाट हिरोको दुई नयाँ मोटरसाइकल धादिङबेसी शाखाबाट विक्री सुरु,एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आर एक कार्यक्रमका विच विक्री सुरु गरेको छ ।

हिरोको दुई नयाँ मोटरसाइकल धादिङबेसी शाखाबाट विक्री सुरु,एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आर (फोटो फिचर)

हीरो मोटोकर्पले एक्स्ट्रिम रेंज मार्फत नेपालका आधुनिक राइडरहरूको परिस्कृत माग तथा आवश्यकताहरू पूरा गर्दै शक्तिशाली, आकर्षक र उत्कृष्ट प्रदर्शन–आधारित मोटरसाइकलको चाहना पुरा गर्ने उद्देश्य लिएकोे छ । एक्स्ट्रिम १६० आर फोरभी (प्रो) को मूल्य रु. ३,८४,९०० र एक्स्ट्रिम १२५ आरको मूल्य सीबीएस भेरियन्टका लागि रु. २,८९,९०० र एबीएस भेरियन्टका लागि रु. ३,११,९०० तोकिएको छ,पहिचानलाई थप सशक्त बनाउने विश्वास रहेको धादिङ शाखा इन्द्र सरोवर अटो मोवाईल प्रा.लि.का प्रोपाइटर अञ्जन श्रेष्ठले बताए ।

हिरोको दुई नयाँ मोटरसाइकल धादिङबेसी शाखाबाट विक्री सुरु,एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आर (फोटो फिचर)

सार्वजनिक यी दुबै मोडेलहरू नवलपरासी स्थित सीजी इन्डस्ट्रियल पार्कमा रहेको अत्याधुनिक असेम्ब्ली प्लान्टमा एक्सपल्स २०० फोरभी, सुपर स्प्लेन्डर, स्प्लेन्डर प्लस मोटरसाइकलहरू र जुम ११० स्कूटरसँगै असेंम्बल गरिएको कम्पनीले जानकारी दिएको छ ।
बाइक सार्वजनिक गर्न आयोजित कार्यक्रमका अवसरमा बोल्दै, हीरो मोटोकर्पका कार्यकारी उपाध्यक्ष सञ्जय भानले भन्नुभयो, “नेपालको परिवर्तनशील ग्राहकहरूको आवश्यकता पूरा गर्दै, हाम्रो नयाँ उत्पादन लाइनअप र सेल्स नेटवर्कलाई पुनर्जीवित गर्नु हाम्रो अहिलेको मूल उद्देश्य हो । नयाँ एक्स्ट्रिम रेंज को सुरुवातले हाम्रो ‘नयाँ नेपालको नयाँ हीरो’ ब्रान्ड थिमसँग मेल खाने गरी उत्कृष्ट उत्पादनहरू उपलब्ध गराउने प्रतिबद्धता झल्काउँछ । हामी आफ्ना ग्राहकहरुको अनुभवलाई अझ विशेष बनाउने तिर केन्द्रित छौँ । यो नयाँ उत्पादन पोर्टफोलियोले नेपालको नयाँ पुस्ताका राइडरहरूसँग समन्वय स्थापित गर्दै बजारमा उत्साह फैलाउने र देशभर हाम्रो उपस्थिति विस्तार गर्न अझ बढी मद्दत गर्नेछ ।

हिरोको दुई नयाँ मोटरसाइकल धादिङबेसी शाखाबाट विक्री सुरु,एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आर (फोटो फिचर)

हिरो ब्राण्डका मोटरसाइकलमा युवा पुस्ताको आकर्षण रहेको कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नीलकण्ठ नगरपालिका–१२ का वडा अध्यक्ष धर्मराज भण्डारी (राजकुमार) ले बताए । हिरो ब्राण्डले छोटो समयमा निकै फड्को मारेको छ । युवा पुस्ता झुम्मिएका छन् । सबै खालका ग्राहकको चित्त बुझाउन सक्यो भने हिरो शहरमा मात्र होइन गाउँगाउँमा पुगेर सबैको रोजाई बन्न सक्छ । धादिङ शाखाले हिरोका एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आर मोडलका मोटरसाइकल विक्री सुरु गरेको छ, शुभकामना र बधाई छ उनले भने ।

हीरो मोटोकर्प सन् २०१४ मा नेपाल प्रवेश गरेको हो । कम्पनीले सुपर स्प्लेन्डर र एक्सपल्स २०० जस्ता चर्चित ब्रान्डद्वारा नेपालको बजारमा बलियो पकड जमाएको छ । चौधरी गु्रप, नेपालको एक प्रतिष्ठित व्यवसायिक समूह, हीरो मोटोकपको नेपालका लागि आधिकारिक वितरक पनि हो । १ सय ६० भन्दा बढी कम्पनी संचालन गर्ने यस समूहसँग, १५,००० भन्दा बढी कर्मचारीहरूको बलियो टिम र १ सय २३ ब्रान्डहरू रहेका छन् ।

हिरोको दुई नयाँ मोटरसाइकल धादिङबेसी शाखाबाट विक्री सुरु,एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आर (फोटो फिचर)

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button