Banner NewsBanner news (with photo)अर्थतन्त्रकृषिकृषि/सहकारीताजा समाचारदेशमुख्य समाचारसमाचारस्थानीय समाचार

२०औँ राष्ट्रिय कफी दिवसका अवसरमा सम्बोधन गर्दै कफी खेतीमा युवावर्गलाई आकषिर्त गर्नुपर्छ,मन्त्री अधिकारीको सुझाव

२०औँ राष्ट्रिय कफी दिवसका अवसरमा सम्बोधन गर्दै कफी खेतीमा युवावर्गलाई आकषिर्त गर्नुपर्छ,मन्त्री अधिकारीको सुझाव

Spread the love by sharing this post

०८१,मंसिर ७,शुक्रबार,

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कफी खेतीमा युवा वर्गलाई आकर्षण गर्ने गरि नयाँ योजना , अनुदान र प्रोत्साहनका कार्यक्रम ल्याउन तथा नीतिगत सुधारका लागि गृहकार्य गर्न रास्ट्रीय चिया तथा कफी विकास बोर्डलाई निर्देशन दिनुभएको छ ।

२०औँ राष्ट्रिय कफी दिवसका अवसरमा सम्बोधन गर्दै कफी खेतीमा युवावर्गलाई आकषिर्त गर्नुपर्छ,मन्त्री अधिकारी को सुझाव

२०औँ राष्ट्रिय कफी दिवसका अवसरमा आज कृतिपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले नेपालको भौगोलिक अवस्था, माटो, र जलवायु अर्गानिक कफीको उत्पादनका लागि अत्यन्तै उपयुक्त रहेको भन्दै उत्पादन र उत्पादकत्वमा अझै पनि व्यापक सुधार गर्ने आवश्यक रहेको र यसका लागि सार्वजनिक नीजि साझेदारी, साथै, कफी मूल्य श्रृङ्खलाका सबै चरणहरूमा संलग्न व्यक्तिहरू, कृषक, प्रशोधनकर्ता, व्यवसायी र उपभोक्ताहरूबीच समन्वय र सहकार्य आवश्यक छ – भन्नुभयो । मन्त्री अधिकारीले स्वदेश तथा विदेशमा उच्च माग रहेको नेपाली कफीको व्यावसायिक उत्पादनमा थप लगानी गर्न निजि क्षेत्रलाई आग्रह समेत गर्नुभयो ।

२०औँ राष्ट्रिय कफी दिवसका अवसरमा सम्बोधन गर्दै कफी खेतीमा युवावर्गलाई आकषिर्त गर्नुपर्छ,मन्त्री अधिकारी को सुझाव

मन्त्रालयले कफी क्षेत्रको विकास तथा बिस्तारका लागि उपयुक्त निति तथा कार्यक्रम ल्याउने प्रतिबद्धता पनी व्यक्त गर्नुभयो । नेपालको कफी क्षेत्रले यो २० वर्षको अवधीमा अनेकन आरोह अवरोहहरूको सामना गर्नुपरेको भन्दै हाल कफी बजार सुनिश्चित भएको कृषि उपजको रूपमा स्थापित भएको छ – मन्त्री अधिकारीले भन्नुभयो । उहाँले कफी ३० हजार भन्दा बढी नेपाली किसानहरूको आय आर्जनको स्रोत बनेको र हजारौँले कफी उद्योग तथा क्याफे हाउसहरूमा रोजगारी समेत पाइरह्नु नेपाली कफी क्षेत्रको लागि गौरवको बिषय बनेको उल्लेख गर्नुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button