२४ औँ सशस्त्र प्रहरी दिवसको अबसरमा“सिमा सुरक्षामा स्थानीयबासी र सशस्त्र प्रहरीको भूमिका”वक्तृत्वकला प्रतियोगिता (फोटो फिचर)
२४ औँ सशस्त्र प्रहरी दिवसको अबसरमा“सिमा सुरक्षामा स्थानीयबासी र सशस्त्र प्रहरीको भूमिका”वक्तृत्वकला प्रतियोगिता (फोटो फिचर)
जिल्ला सदरमुकाम धादिङबेसीमा २४ औँ सशस्त्र सशस्त्र प्रहरी बल नेपाल, आश्रित गुल्म धादिङको आयोजनामा नीलकण्ठ नगरपालिका माध्यामिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भयो ।
२४ औँ सशस्त्र प्रहरी दिवस २०८१ को अबसरमा आयोजित प्रतियोगितामा सुनौलो भैरबी माध्यामिक विद्यालयका प्रशंसा श्रेष्ठ प्रथम,सुनौलो भैरबी माध्यामिक विद्यालयका संजिवनी पोखरेल द्वितिय र नीलकण्ठ बालमन्दिर माध्यामिक विद्यालयका कृति श्रेष्ठ तृतिय हुनुभयो ।
विद्यार्थीको क्षमता अभिवृद्धि गर्ने र सम्बन्ध थप सुमधुर बनाउने उद्देश्यले २४ औँ सशस्त्र प्रहरी दिवस २०८१ को अवसरमा प्रतियोगिता आयोजना गरिएको सशस्त्र प्रहरी बल नेपाल, आश्रित गुल्म धादिङकी गुल्मपछि लक्ष्मी थपलियाले बताइन् ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे, शिक्षा विकास तथा समन्वय इकाका प्रमुख भुमिलाल शर्मा सुवेदी, सशस्त्र प्रहरी नायव उपरिक्षक लक्ष्मी थपलिया, नीलकण्ठ बहुमुखी क्याम्पसका प्राधापक डा. नविनबन्धु पहाडी लगायतले सम्बोधन गर्दै सशस्त्र प्रहरी र यसले गरिरहेको कामबारे जानकारी दिँदै सकारात्मक भएर असल काम गर्न आग्रह गरिएको थियो ।
वक्तृत्वकला प्रतियोगितामा सहभागी हुने विद्यालय र विद्यार्थीहरुको नामा निलकण्ठ बाल मन्दिर माध्यमिक विद्यालय,विषेश विडारी ९ कक्षा-१२,कृति श्रेष्ठ कक्षा -९,शंखादेवी माध्यमिक विद्यालय बिमल बसेल -९ कक्षा,सुजाता शाक्य -९ कक्षा,सुनौलो भैरवी माध्यमिक विद्यालय,प्रशंसा श्रेष्ठ -९ कक्षा,संजिवनी पोख्रेल -९ कक्षा कर्णेश्वर माध्यमिक विद्यालय,संम्झना रम्तेल -९ कक्षा,शेर बहादुर मगर -९ कक्षा,साङ्कोष माध्यमिक विद्यालय,अञ्जली थापा – ९ कक्षा,रामकोट माध्यमिक विद्यालय,गरिस्मा श्रेष्ठ -९ कक्षा,गैरीगाँउ माध्यमिक विद्यालय,समिर रिजाल-९ कक्षा ,निरुता बि.क. -९ कक्षा ,पाल्पा सामरी भञ्याङ्ग माध्यमिक विद्यालय,अस्मिता परियार- ९ कक्षा,अनिता श्रेष्ठ-९ कक्षा ,चण्डेश्वरी माध्यमिक विद्यालय, मोनिका बराईली -९ कक्षा,खुसी गजमेर- ९ कक्षा वक्तृत्वकला प्रतियोगितामा नीलकण्ठ नगरपालिका क्षेत्रका ९ विद्यालयका १६ जना छात्र छात्राले भाग लिएका थिए ।