२७ स्वर्ण सहित नगर स्तरीय रास्ट्रपति रनिङ शिल्डको उपाधी निलकण्ठ बालमन्दिर मा.बि लाई
२७ स्वर्ण सहित नगर स्तरीय रास्ट्रपति रनिङ शिल्डको उपाधी निलकण्ठ बालमन्दिर मा.बि लाई
स्वर्ण पदक विजेता खेलाडीहरुलाई प्रोत्साहन स्वरुप जनही २-२ हजार र प्रथम हुने विद्यालयलाई रनिङ शिल्ड सहित ३० हजार, द्वितीय हुने विद्यालयलाई नगद २५ हजार र तृतीय हुने विद्यालयलाई नगद २० हजार पुरस्कार प्रदान गरिएको शिक्षा, युवा तथा खेलकुद शाखाका शिक्षा अधिकृत प्रकाशदत्त भट्टले बताउनुभयो ।
प्रतियोगितामा २५ वटा सामुदायीक र ४ वटा संस्थागत गरी २९ वटा माध्यामिक विद्यालयहरुले सहभागिता जनाएको प्रतियोगितामाराष्ट्रपति रनिङशिल्ड प्रतियोगीतामा समावेस खेल विधा भलिवल : छात्र / छात्रा ९/९ जना मात्र,कवड्डी छात्र/छात्रा ९/९ जना मात्र, तेक्वान्दो छात्र- ४५, ४८, ५१, ५५, ५९ के. जी. र एकल पुम्से,छात्रा- ४२, ४४, ४६, ४९, ५२ के.जी. र एकल पुम्से,कराते छात्र- ४२, ४७, ५२, ५७, ६२ के.जी. र काता एकल,छात्रा- ४०, ४५, ५०, ५५, ६० के.जी. र काता एकल,एथलेटिक्स : छात्र/छात्रा दुवै इभेन्ट्स (एक जना खेलाडीले एक ट्र्याक दुइ फिल्ड तथा एक फिल्ड ट्र्याक इभेन्ट मात्र खेल्न पाउनेछ भने रिलेमा मान्य हुनेछैन ) दौड : १०० मि. २०० मि. ४०० मि. ८०० मि. १५०० मिटर, ३००० मिटर । (छात्र र छात्रा ),रिले दौड : ४×१०० मि. ४ ४०० मि. (छात्र र छात्रा),हाइ-जम्प, लङ -जम्प, त्रिपल – जम्प (छात्र र छात्रा),सटपुट : छात्र (१२ पाउन्ड) र छात्रा (८ पाउन्ड) ५. ज्याभलिन थ्रो : छात्र (८०० ग्राम) र छात्रा (६०० ग्राम) लगायतका विधामा विद्यार्थी खेलाडीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा विद्यागत प्रथम र द्वितीय,तृतीय बन्न सफल विद्यालयहरुलाई नगद सहित शिल्ड,मेडल र प्रमाणपत्रद्वारा सम्मान गरीएको थियो ।
कार्यक्रममा नीलकण्ठ नगरालिकाका नगर प्रमुख तथा नेपाल नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुंगाना,उप–मेयर दिपक विश्वकर्मा,प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी,वडा अध्यक्षहरु,कार्यपालिका सदस्यहरु,जिल्ला स्थित सरकारी कार्यलयका प्रमुख एवं प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो । पुरस्कार समारोहलाई सम्बोधन गर्नुहुदै नगर प्रमुख भीम प्रसाद ढुंगानाले खेल क्षेत्रमा नीलकण्ठ नगरपालिका अगाडी रहेको बताउनुभयो ।