३०३औँ पृथ्वी जयन्ती ऐतिहासिक एकिकरण पदमार्ग पदयात्रा धादिङ आइपुगो
३०३औँ पृथ्वी जयन्ती ऐतिहासिक एकिकरण पदमार्ग पदयात्रा धादिङ आइपुगो
राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले गोरखा राज्य विस्तारका क्रम्मा प्रयोग गरेको पदमार्गलाई पहिचान गरी नेपाली सेनाले सुरु गरेको एकीकरण पदमार्ग पदयात्रा धादिङ आइपुगको छ ।
नेपाली सेनाले पृथ्वी जयन्तीको अवसर पारेर ऐतिहासिक नेपाल एकीकरणका क्रम्मा प्रयोग भएको पदमार्गको संरक्षणका लागि टर्च, राष्ट्रिय झन्डा र पृथ्वीनारायण शाहकै पालामा स्थापना भएका नेपाली सेनाका पाँच कम्पनीका झन्डासहित सुरु पदयात्रा धादिङ आइपुगेको हो ।रिपुमर्दन गणले धादिङको शिवदल गणलाई झन्डा र टर्च हस्तान्तरण गरेपछि धादिङ खण्डको ४२ किलोमिटरको पदयात्रामा सुरु गरेको शिवदल गणका ६१ जनाले धादिङ खण्डको पार गरेपछि बुधबार शेर गणलाई गणलाई टर्च हस्तान्तरण गर्नेछ । पृथ्वीनारायण शाहले नेपाल एकीकरणका क्रममा १८०२ मा नुवाकोटमा हमला गर्दा गोरखा राज्यले बूढीगण्डकी किनारमा रहेको बोर्लाङ्गघाट पार गरी सल्यान्टार, सामरी भञ्ज्याङ हुँदै धादिङको पदमार्ग प्रयोग गरेको इतिहास छ ।
तत्कालीन समयमा काठमाडौंको हनुमान ढोका र गोरखासम्मको दूरी २६ कोस रहेको र कोसैपिच्छे ढुङ्गा गाडिएकोमा सात वटा कोसेढुङ्गा धादिङमा रहेका छन् । सल्यानटनर, रानीपौवा, हांसेपसल, खहरेबजार, लाकुरी, कटुञ्जे, भोक्टिनी र थर्पुमा कोशेढुङ्गा छन् । धादिङ खण्डमा तीन दिन हुने पदयात्रा यिनै कोशेढुङ्गा भएर गरिने छ ।
२१ गतेदेखि सुरु भएको पदयात्रा पौस २७ गते पृथ्वी जयन्तीका दिन काठमाडौं पुगेर सकिने छ ।