मुख्य समाचारविश्वसमाचार

गाजामा सहायता सामान बोकेका राष्ट्रसङ्घीय एक सय नौवटा ट्रक लुटिए

गाजामा सहायता सामान बोकेका राष्ट्रसङ्घीय एक सय नौवटा ट्रक लुटिए

Spread the love by sharing this post

गाजामा रहेका प्यालेस्टिनी शरणार्थीका लागि मानवीय सहायता सामग्री बोकेको संयुक्त राष्ट्रसङ्घको एक सय नौवटा ट्रक लुटिएको राष्ट्रसङ्घका ट्रकहरु गाजा प्रवेश गरेपछि हिंसात्मक तरिकाले लुटिएको प्यालेस्टिनी शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय निकायले जनाएको छ ।

इजरायली सेनाले चालकलाई बन्दुक देखाएर ट्रक नियन्त्रणमा लिएका हुन् । देइर अल बलाह र खान युनिसमा संयुक्त राष्ट्रसङ्घको सहयोग प्राप्त आठवटा अन्न भण्डार हप्तौँदेखि कम क्षमतामा सञ्चालन भइरहेको बीबीसीको खबरमा उल्लेख छ ।

संयुक्त राष्ट्रसङ्घीय निकायका अनुसार खाद्यान्नको चरम अभावका कारण धेरै भण्डार पूर्ण रूपमा बन्द भइसकेका छन् । खाद्यान्नको गम्भीर अभाव अझै विकराल हुने निश्चित रहेको भन्दै राष्ट्रसङ्घले मानवीय सहायतामा निर्भर रहेका २० लाखभन्दा बढी मानिसको जीवनलाई थप खतरामा पार्ने उल्लेख गरेको छ । इजरायली अधिकारीहरूले मानिसहरुको आधारभूत आवश्यकताहरू पूरा भएको सुनिश्चित गर्न र सहायताको सुरक्षित वितरणलाई सहज बनाउन अन्तर्राष्ट्रिय कानूनअन्तर्गत आफ्नो कानूनी दायित्वलाई बेवास्ता गरिरहेका गाजामा कार्यरत संयुक्त राष्ट्रसङ्घीय राहत तथा कार्य निकाय (यूएनआरडब्लूए) को भनाइ छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button