Banner NewsBanner news (with photo)ताजा समाचारदेशमुख्य समाचारवाग्मती प्रदेशसमाचारस्वास्थ्य

तीव्ररुपमा बढ्दै डेंगु संक्रमण,संक्रमितको संख्या १९ हजार नाघ्यो,९ जनाको मृत्यु

तीव्ररुपमा बढ्दै डेंगु संक्रमण,संक्रमितको संख्या १९ हजार नाघ्यो,९ जनाको मृत्यु

Spread the love by sharing this post

०८१ कात्तिक १,

देशभर डेङ्गु सङ्क्रमितको संख्या दिनप्रतिदिन तीव्ररुपमा बढ्दै गएको छ,डेंगु सङ्क्रमणबाट हालसम्म ९ जनाले ज्यान गुमाइसकेका छन् ।

डेङ्गु सङ्क्रमण मुलुकका ७६ जिल्लासम्म फैलिएको महाशाखाले जनाएको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को अनुसार डेंगु सङ्क्रमितको सङ्ख्या १९ हजार पाँच ९९ पुगेको छ ।

डेंगु सङ्क्रमण सबैभन्दा बढी काठमाडौँमा डेंगु सङ्क्रमणबाट हालसम्म तीन हजार एक सय तीन जना प्रभावित बनेका छन् । यस्तै कास्कीमा २ हजार ८४७ जना ,तनहुँमा २ हजार १०७ जना, पर्वतमा १ हजार ५६२ जना,चितवनमा ९ सय ७१ जना, ललितपुरमा ८२७, गोरखामा ५८८, बाग्लुङमा छ सय १०, भक्तपुरमा ३५५ तथा स्याङ्जामा ३३५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भइसकेको महाशाखाले जनाएको छ ।

अघिल्लो वर्ष ७७ वटै जिल्लामा डेंगु फैलिँदा ५२ हजार भन्दा बढी संक्रमित भएका थिए भने २० जनाको मृत्यु भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button