Banner NewsBanner news (with photo)ताजा समाचारदेशनीलकण्ठ नगरपालिकापर्यटनमुख्य समाचारवाग्मती प्रदेशसमाचारसाहित्य / संस्कृतिसाहित्य/ सिर्जनास्थानीय तहस्थानीय समाचार

भैरवी देवी – सांस्कृतिक परिचय

भैरवी देवी – सांस्कृतिक परिचय

Spread the love by sharing this post

आँखुको सुसेली ०८१ मंसिर अंकबाट लिएको

रमेश अधिकारी
नीलकण्ठ ७, धादिङ

“भार्या रक्षतु भैरवी, सभक्ति भैरवी”को आराधनाबाट श्रीमतीको रक्षा हुन्छ भन्ने विश्वासका साथ भैरवीदेवीको पूजाआराधना गरिन्छ । यो प्रसङ्ग दुर्गा सप्तशती (चण्डी) मा उल्लेख छ । हिन्दु सनातनमा पुजिने देवदेवीहरूमा भैरवी माता देवीका अनेकन रुपहरूमध्ये एक शक्तिशाली रुप हो ।

नीलकण्ठ नगरपालिकाका बासिन्दाहरूले यिनै भैरवीलाई इष्टदेवीका रुपमा नित्य पूजा गर्छन्, उत्सवका रुपमा भने वडा दशैँ र चैते दशैँमा विशेष पूजा गरिन्छ । भैरवी मन्दिरका आसपासमा भीमसेन, गणेश, नागनरसिब, सरस्वती र भैरवको मूर्ति रहेको छ । भौगोलिक अवस्थिति भैरवी मन्दिर धादिङ जिल्लाको नीलकण्ठ नगरपालिकाको वडा नं. ६ को पूर्वमा माथ्लो पातल, पश्चिममा तल्लो पातल, उत्तरमा रिजालथोक र दक्षिणमा सुनौलाबजार बीचको रमणीय उच्च थुम्कोमा अवस्थित छ । यस थुम्कोको उचाइ १५८७ मिटर (डि.व.का. धादिङ छ । भैरवी मन्दिरबाट गणेश हिमालदेखि धवलागिरिसम्मका हिमश्रृब्खलाहरू सहित धादिङ जिल्लाका अधिकांश भू–भाग, रसुवा र गोरखाका केही भू–भाग तथा महाभारत श्रृब्खलाको समेत अवलोकन गर्न सकिन्छ ।

ऐतिहासिक पृष्ठभूमि भैरवी मन्दिर स्थापनाको यकिन मिति नभेटिए पनि बि.सं. १६६६ मा राजा राम शाहले स्थापना गरेका आठ शक्ति पीठहरूमध्ये एक भएको तथ्य ताम्रपत्रमा उल्लेख छ । पृथ्वीनारायण शाह नुवाकोट आक्रमणमा पराजित भएपछि यिनै भैरवीको भाकल पूरा गरी विजय भएको र उनैले पूजा र नगराका लागि धादिबका विभिन्न स्थानमा ९० रोपनी ११ आना २ पैसा जग्गा गुठी स्वरुप बन्दोबस्त गरिदिएका थिए । प्रमाण स्वरुप भेटिएको लालमोहर धुजाधुजा अवस्थामा छ, यसबाट अन्य विस्तृत जानकारी हासिल हुन नसके पनि लालमोहरमा संवत् १८७४ लेखिएको बुझ्न सकिन्छ, यसका आधारमा भैरवी मन्दिर चारसय वर्षभन्दा पुरानो रहेको पुष्टि हुन्छ । नेपाली वास्तुकलाको तल्ले शैलीमा निर्मित भैरवी मन्दिर १९९० सालको चट्याबका कारण भत्किएपछि पुनः निर्माण गरिएको थियो, १२ वटा काठका खम्बाहरूमा ठडिएको २.९० मि लम्बाइ÷चौडाइ र ४.५० मिटर अग्लो उक्त मन्दिर २०७२ सालको भूकम्पमा पुनः भत्कियो ।

भैरवी देवी – सांस्कृतिक परिचय

हाल वृहत् गुरु योजना सहित मन्दिरको पुनःनिर्माण भैरहेको छ । मन्दिरमा देवीको प्रतीक स्वरुप करीब २ फिट अग्लो र करीब १० फिट गोलाइ रहेको शिला छ, यसै शिलाको आधाभाग भैरवीदेवी र आधा भाग भैरव देवको रुपमा रहेको छ । भैरवदेवका रुपमा पूजिने शिला भैरवीदेवीको मन्दिर बाहिर उत्तरपट्टि ढल्केको अवस्थामा देख्न सकिन्छ । मान्यता र परम्परा प्रत्येक वर्षको वडा दशैँमा गोरखकालीबाट ल्याइएको फूलपातीको डोली यस मन्दिरमा भिœयाइन्थ्यो, अर्को डोली यसैबाटो भएर काठमाडौंको हनुमानढोकास्थित दशैँ घरमा लगिन्थ्यो। दशैँमा जमरा राख्ने छाप्रो बनाउन रामकोटबाट कुमाल झिकाइथ्यो, जौ, तिल, केरा आदि सल्यानटारबाट ल्याइन्थ्यो, भालडाँडाबाट चामल, तेल आउँथ्यो। यी सामाग्रीको बन्दोबस्त एक द्वारेबाट हुन्थ्यो। भैरवलाई वर्षेनी २ वटा त्रिशुल चढाइन्थ्यो, यो बनाउने र हातहतियार अर्चाब्ने काम रिजालथोकका विश्वकर्माले गर्थे । घटस्थापनाका दिन ४ जना पुजारीहरूले विधिपूर्वक पूजा गरी नगरा, बानो र अन्य बाजागाजासहित उपासे (उपवाशी) घरमा देवी आमन्त्रण गरी जमरा राख्थे । छैठौं दिनको बेलुकी २ जना पुजारीले भोर्ले (हाल नीलकण्ठ ६- मा रहेको बेलको बोटमा पूजाआजासहित १ बोको बली दिई देवीलाई निम्तो दिन्थे। सातौं दिन यसै स्थानबाट २ वटा बेलसहितको फूलको डोली उठाउने गरिन्थ्यो, कुनै पनि वर्ष उक्त रुखमा २ वटा मात्र भने पनि बेल फल्थ्यो भन्ने भनाइ छ । फूलपातीका दिन पूजाआजा र बलि पूजा गर्ने भक्तजनको ठूलो घुइचो हुन्छ । अष्टमीको राती पण्डितहरूद्वारा १३ अध्याय चण्डीपाठ गरी १ कालो बोको, १ राँगो र १ कुभिन्डोको बलि दिई कालरात्री पूजा गरिन्छ, त्यसलाई १७८ भाग लगाई होमादिसहित रातभर जाग्राम बसी पूजा गरिन्छ । यस होमबाट निस्केको भष्माखर बाँझोपन भएको महिलालाई खुवाएमा सन्तान प्राप्त हुन्छ भन्ने जनविश्वास छ । नवमीका दिन गणेश मन्दिर समीप १ बोकाको बलिपश्चात् स्थानीय युवाहरूले ३ वटा निशान पूजा गरी मालश्री गान सहित मन्दिरको तल रहेको बरको फेदको मौलोमा १ राँगोको बलि दिइन्थ्यो । त्यस उप्रान्त भैरवी मन्दिरमा १ राँगो, १ बोका तथा भैरवको मन्दिरमा १ सुँगुरको बलि चढाइन्थो ।

किंवदन्ती अनुसार माता भैरवी गर्भवती भएको अवस्थामा मांसाहार गर्ने इच्छा भयो भैरव देव शिकारको खोजमा जाँदा एउटा सुँगुर भेटेर ल्याँउदा भैरवी माता डरले घोप्टो परेको र त्यो सुँगुर भैरवले मन्दिरको उत्तरतर्फ ओर्लिएर भोग गरेको, सोही कारण भैरवीको मूर्ति घोप्टिएको अवस्थामा देखिन्छ, त्यसैकारण भैरवी देवीलाई सुँगुरको भोग नचढाउने चलन रहेको बताइन्छ । यी बलि चढाउन लगिने पशुहरू डो¥याउने काम कटुवालहरूको हुन्थ्यो। दशैँभरमा भैरवी मन्दिर परिसरमा कुल ७ बोका, ३ राँगा र १ सुँगुरको बलिदिने परम्परा थियो, केही समय यी परम्पराहरूमा क्रमभङ्गता भए तापनि हाल भैरवी मन्दिर गुठी व्यवस्थापन समितिले परम्परालाई निरन्तरता दिएको छ । विजयादशमीमा दशैँको सप्तमीको दिन गोरखकालीबाट ल्याइएको र आसपासका अन्य भक्तजनहरूले ल्याएका फूलपाती र नवरात्रीभर मन्दिरमा बालिएको दियो विजयादशमीका दिन भैरवी मन्दिरको दक्षिणतर्फ रहेका ठूलो पँधेरो तथा अँधेरीखोलामा विधिपूर्वक सेलाइन्थ्यो, कुन पँधेरामा लैजाने भन्ने निर्णय शुक्र तारा उदयमा भर पर्दथ्यो, शुक्रको विपरीत हुनेगरी विसर्जन गरिन्थ्यो । फूलपाती विसर्जनका लागि मालश्री गाना र गाजाबाजा सहितको लावालस्कर हुन्थ्यो, विसर्जन गरेर फर्किदा नवकन्यालाई सोही फूलपाती लगिएको डोलीमा राखी पुनः दशैँ घरमा लगी पूजाआजा, दानदक्षिणा र भोजन गराएपछि मन्दिरमा देवी बिसर्जन हुन्थ्यो, हाल यो परम्परा लोप भैसकेको छ ।

भैरवी देवी – सांस्कृतिक परिचय

स्थानीय नन्दप्रसाद अधिकारीका भनाइअनुसार उनका हजुरबुवा नेवारपानीका ब्राम्हण कुष्माकर उपाध्याय भैरवी मन्दिरका पुजारी थिए, पुजारीले पालेको बोका बली चढाएपछि भैरवीलाई पञ्चबली दिइन्थ्यो । पुजारीलाई प्रसादस्वरुप काटिएका बोकाका ३ वटा टाउका र एक ज्यूँदो बोका अर्को वर्षका लागि दिइ पठाइन्थ्यो । नवरात्रीको शुरुवातपछि स्थानीय नगर्चीले भैरवी क्षेत्रमा कर्नाल बजाउँदै दशैँ डाक्ने प्रचलन थियो, सोही व्यक्ति दशैँ सकिएपछि घरघरमा दशैँ भाग उठाउँदै आउँथे, उनलाई दशैँ भाग स्वरुप चिउरा, बलि दिइएको पशुको पुच्छरको भाग र अन्य खानेकुरा दिने चलन थियो । पूजा परम्परा भैरवी मन्दिर गुठी व्यवस्थापन समितिका अनुसार मन्दिरका मूल पूजारी स्थानीय राना मगर छन् । दाताले दिने ३० मुरी अन्न र जिल्ला प्रशासनबाट वार्षिक रुपमा आउने रु. ६ हजार ७ सय ३२ रुपैयाँ ५० पैसाबाट मन्दिरको पूजा परम्परा चलिआएको छ । ढोलकी, झुर्मा, दमाहा, सनाइ र कर्नाल बजाउने जिम्मा पाएका परियारहरूले परम्परा छोडेका छैनन् । समितिले दिएको जानकारी र अभिलेख अनुसार सु.ब.३ क. क्षेत्रफल २५.३.२.३ र सु.ब. २ क. क्षेत्रफल ७.१२.०.१ को मैदानस्थित जमीन नगरा गुठी हो भने नी. १. ख. क्षेत्रफल ३७.७.१.३ आपखोलामा रहेको जमीन पुजारी अक्षता गुठी हो । नी. ५ च. क्षेत्रफल ११.७.२.३ को जग्गा केही समयअघि नक्कली मोही खडागरी अपचलन गरिएको भए पनि गुठी ऐनमा खान्गी गुठी बेचविखन नहुने व्यवस्था अनुसारको सर्वोच्चको फैसला पछि सो जग्गा पुनः भैरबी गुठीका रुपमा सुरक्षित भएको भैरबी मन्दिर गुठी व्यवस्थापन समितिका सचिव कृष्ण बहादुर श्रेष्ठले बताउनु भयो । भैरबी गुठीको नी. ५ घ. क्षेत्रफल ८.१२.१.५ जमीन धादिबबेसी सिरानबजारमा पनि रहेको छ । भैरबी गुठीको कूल जमीन ९०.११.२.० रोपनी रहेको छ । यी गुठीहरू व्यक्तिका नाममा हत्याउने प्रयासहरू नभएका होइनन्, तर भैरवी गुठीकै रुपमा यसको संरक्षण र सदुपयोग हुनुपर्ने कुरामा आम नागरिकहरूको मतैक्यता रहेको छ । पर्यटकीय गन्तव्य नित्यपूजा सञ्चालनमा रहेको भए पनि कतिपय परम्पराहरू लोप भएका छन् ।

२०७१ साल वैशाख २२ मा जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको भैरवी मन्दिर संरक्षण समितिले बृहत् गुरुयोजनासहित पूजा र परम्पराका धेरै अभ्यासहरूलाई निरन्तरता दिन थालेको छ । यस क्रममा प्रचलित गुठी ऐन अनुसार २०७९ असोज ३१ मा भैरवी मन्दिर गुठी व्यवस्थापन समितिको गठन भएपछि यसै समिति मार्फत यसअघि गठित संरक्षण समितिबाट हुने भनिएका सबै काम यस उप्रान्त सोही गुठी व्यवस्थापन समितिले नै गर्ने भएको छ । गुरुयोजनामा भीमसेन, सरस्वती, गणेश, भैरवी र भैरवको गरी ५ वटा भव्य आधुनिक मन्दिरहरू बन्नेछन् । भैरवी क्षेत्रलाई एक आकर्षक पर्यटकीय गन्तव्य बनाउन रकक्लाइम्बिब, बन्जिजम्प, प्याराग्लाइडिब, लगायत साहसिक खेलहरूको विकास गरिनेछ ।

भैरवी देवी – सांस्कृतिक परिचय

भैरवी क्षेत्र आसपासमा सुन्दर बगैँचा र पिकनिक स्पट समेत बन्नेछन् । धादिङबेसी सदरमुकामदेखि करीब १८ कि.मी. मात्र टाढा यो मनोरम क्षेत्र एक पर्यटकीय गन्तव्य बन्ने क्रममा छ, यस क्षेत्रको सांस्कृतिक संरक्षण, विकासमा हातेमालो र प्रचारप्रसारमा सहयोग गरौं । जय भैरवी जय भैरवी

भैरवी देवी – सांस्कृतिक परिचय

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button