सर्वाधिक धनराशि पुरस्कार भएको मेरो भ्वाइस र डान्स युनिभर्स हुने
सर्वाधिक धनराशि पुरस्कार भएको मेरो भ्वाइस र डान्स युनिभर्स हुने
सर्वाधिक धनराशिको पुरस्कार एक करोड, उपविजेताले २० लाख र दोस्रोले १० लाख रुपैयाँ प्राप्त गर्नी गायन प्रतियोगिता मेरो भ्वाइस युनिभर्स र नृत्य प्रतियोगिता मेरो डान्स युनिभर्सको दोस्रो शृङ्खला र निर्णायक मण्डल घोषणा गरिएको छ ।
नेपाल टेलिभिजनमार्फत् प्रसारण हुने दुबै प्रतियोगिताको अडिसन आगामी सन् २०२५ को जनवरी २५ बाट शुरू हुनेछ,प्रतियोगिताका लागि अमेरिका, क्यानडा, लन्डन, पोर्चुगल,, हङकङ, जापान, युएई, कतार, थाइल्याण्ड, अस्ट्रेलिया, भारत र नेपालमा अडिसन हुनेछ ।
नेपाल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले मेरो भ्वाइस युनिभर्समा गायक दीप श्रेष्ठ, शिव परियार, सङ्गीतकार सुरेश अधिकारी, गायिका अन्जु पन्त, तृष्णा गुरुङ, गायक पुष्पन प्रधानले निर्णायकको भूमिका निर्वाह गर्ने जानकारी गरायो । त्यसै गरी मेरो डान्स युनिभर्समा अभिनेत्री मिथिला शर्मा, अभिनेता दिलीप रायमाझी, नृत्य निर्देशक शङकर विसी, किरण थापा र अभिनेत्री शिल्पा मास्के निर्णायक रहने जानकारी आयोजकले गराएको छ ।
आयोजक संस्थाका अध्यक्ष डिल्ली अधिकारीले विश्वभर छरिएर रहेका नेपाली जातिबीचको आपसी सद्भावलाई कायमै राख्न र नेपाली भाषा र संस्कृतिलाई उनीहरूमाझ जीवन्त राखिराख्न सघाउने उद्देश्यले यो गायन र नृत्य प्रतियोगिताको आयोजना गरिएको बताए ।