देशपर्यटनफिचरफोटो फिचरमनोरञ्जनवाग्मती प्रदेशसमाचार

वसन्तपुरमा धिमे बाजा,एक हजार कलाकारको नृत्य प्रदर्शन (फोटो फिचर)

वसन्तपुरमा धिमे बाजा,एक हजार कलाकारको नृत्य प्रदर्शन (फोटो फिचर)

नेवार समुदायका युवायुवतीहरूले शनिबार काठमाडौं दरबार स्क्वायरमा धिमेबाजा र नृत्य प्रदर्शन गरेका छन् । धिमे बाजा नेवारी समुदायको सांस्कृतिक बाजा हो । विश्व पर्यटन दिवसको सन्दर्भमा शनिबार वसन्तपुरमा युवाहरूले धिमेबाजा घन्काउँदा एकसाथ एक हजार नर्तकीहरूले धिमे नृत्य प्रस्तुत गरे ।

यहाँका स्थानीय संघसंस्था र सांस्कृतिक समूहहरूको संयुक्त आयोजनामा तयार गरिएको यो ऐतिहासिक नृत्य प्रदर्शनले धिमे बाजाको सांस्कृतिक महत्वको प्रसार र संरक्षणसँगै पर्यटन प्रवर्द्धनमा मद्दत पुगेको उनीहरूको दाबी छ । उनीहरूले धिमेबाजासँगै नेवारी समुदायको एकता, संस्कृति र सद्भावको सन्देशसमेत फैलाउन चाहेको बताएका छन् । कान्तिपुर

तस्बिर : सफलप्रकाश श्रेष्ठ

वसन्तपुरमा धिमे बाजा,एक हजार कलाकारको नृत्य प्रदर्शन (फोटो फिचर)

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button