Banner NewsBanner news (with photo)खेलकुदताजा समाचारदेशमुख्य समाचारसमाचार

नेपाल प्रिमियर लिग एनपिएल आजदेखि ,उद्घाटनमा विराटनगर र जनकपुर भिड्दै

नेपाल प्रिमियर लिग एनपिएल आजदेखि ,उद्घाटनमा विराटनगर र जनकपुर भिड्दै

०८१, मंसिर १५,शनिबार,

नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज क्रिकेट प्रतियोगिताको पहिलो संस्करण आज (शनिबार)देखि सुरु हुँदै छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गरेको पहिलो ​एनपीएलका लागि बेहुलीझैँ सिँगारिएको कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा उद्घाटन खेल सवा १२ बजेदेखि सुरू हुँदैछ,उद्घाटन खेल विराटनगर किंग्स र जनकपुर बोल्ट्स भिड्दैछन् ।

घरेलु क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता एनपीएलमा आठ फ्रेञ्चाइज टिम विराटनगर किङ्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, काठमाण्डौ गुर्खाज, पोखरा एभेन्जर्स, कर्णाली याक्स, लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् ।

उद्घाटन खेलको सबै दस हजार टिकट सोल्ड आउट भइसकेको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ। उद्घाटन खेलको टिकट साधारणतर्फ ३ सय रूपैयाँ र भीआइपीतर्फ ७ सय रूपैयाँ तोकिएको थियो ।

एनपिएलको प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्स नेटवर्कबाट हुनेछ भने डिजिटल प्रसारण एक्सन स्पोर्ट्स युट्युब च्यानलबाट हुनेछ । नेपालमा डिजिटल स्कोरबोर्डको प्रयोग पनि पहिलोपटक यही एनपिएलबाट सुरू हुँदैछ । एनपिएलका लागि त्रिवि मैदानमा प्यारापिट निर्माणदेखि मैदान मर्मतसम्भार गरेर आकर्षक बनाइएको छ ।

सिंगल राउन्ड रोबिन लिग पद्दतिमा हुने प्रतियोगितामा कुल ३२ खेल हुनेछन् । जसमा लिग चरणमा २८, प्लेअफमा तीन र फाइनलको एक खेल समावेश छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button