ताजा समाचारदेशमुख्य समाचारसमाचारस्वास्थ्य

पुस ४ गतेदेखि फार्मेसीमा अनिवार्य पोसाक र परिचयपत्र लागु गरिँदै

पुस ४ गतेदेखि फार्मेसीमा अनिवार्य पोसाक र परिचयपत्र लागु गरिँदै

कुनै पनि सामुदायिक वा अस्पताल फार्मेसीमा औषधि वितरणमा कार्यरत फर्मासिस्टले एप्रोनसँगै हरियो पृष्ठभूमिमा सेतो रङको अक्षरमा नाम, पद र परिषद् दर्ता नम्बर तथा फार्मेसी सहायकले निलो पृष्ठभूमिमा सेतो रङको अक्षरमा नाम, पद र परिषद् दर्ता नम्बर अनिवार्य राख्नुपर्ने निर्णय आउँदो पुस ४ गतेदेखि लागु हुँदैछ ।

उक्त व्यवस्था लागु गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक सहयोग गर्ने जनाएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको आग्रहबमोजिम परिषद्ले पहिलो चरणमा फर्मासिस्टको पहिचान खुलाउन पोसाक अनिवार्य गर्ने निर्णय गरेको थियो । परिषद्ले फर्मासिस्ट तथा सहायकका निम्ति सेतो एप्रोनसहितको पोसाक र पोसाकमै परिचयपत्र अनिवार्य गर्ने जनाएको छ ।

मन्त्री पौडेलले यो व्यवस्थाको अनुगमन कडा गर्न आग्रह गर्दै मन्त्रालयले कार्यान्वयनका निम्ति सहयोग गर्ने प्रतिबद्धता जनाए । औषधि बिक्री–वितरणलाई व्यवस्थित र नियमित बनाउन मन्त्री पौडेलले औषधि व्यवस्था विभागलाई अनुगमन बढाउन सजग गराएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले परिषद्को निर्णय कार्यान्वयनमा सहयोग गर्न मन्त्रालयले पत्राचार गर्ने बताए । यसका अलावा औषधि बिक्री–वितरणमा बेथिति देखिए/नदेखिएको अनुगमन गर्ने र दोषी देखिएमा एकैसाथ कारबाही गरिने उनले उल्लेख गरे ।औषधिको मूल्य समायोजन गर्न गठित समितिले काम गरिरहेको छ । समितिको सुझावानुसार अधिकतम उपयोग हुने औषधिमा नागरिकलाई कम भार पर्ने गरी मूल्य समायोजन गर्ने मन्त्रालयको तयारी छ । रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button