बीउ बिजन वितरणमा प्रविधिको प्रयोगले समग्र कृषि क्षेत्रमा सूधार आउनेछ,कृषिमन्त्री अधिकारी भनाई
बीउ बिजन वितरणमा प्रविधिको प्रयोगले समग्र कृषि क्षेत्रमा सूधार आउनेछ,कृषिमन्त्री अधिकारी भनाई
०८१,मंसिर १७,सोमबार,
कृषि तथा पशूपन्छी विकासमन्त्री रामनाथ अधिकारीले विश्व प्रविधिको युगमा प्रवेश गरेसँगै बीउ बिजनको क्षेत्रलाई पनि प्रविधिमा आधारीत वनाउदै लैजान् कृषि क्षेत्रको महत्वपर्ण उपलब्धी भएको वताउनभएको छ ।
वीउ सम्वन्धी निर्माण गरिएको सफटवयेर देसिस– २ को आज काठमाडौंमा शूभारम्भ गर्दे मन्त्री अधिकारीले कृषिलाई सूचना प्रविधि सँग जोडन जरुरी रहेको सन्र्दभमा बीउ बिजनको वितरणलाई डिजिटलाईजेसन प्रणालीमा लैजाने कार्यले समग्र कृषि क्षेत्रमा सूधार देखिने अपेक्षा व्यक्त गर्नुभयो ।
सरकारले डिजिटल नेपाल फ्रेमवर्क कार्यन्वयन गरिरहँदा यसको तूलनात्मक लाभ कृषि क्षेत्रले समेत लिनूपर्छ ,मन्त्री अधिकारीले भन्नुभयो । कृषि , पर्यटन ,उर्जा र वृहत्तर पूर्वाधार निर्माण नेपालको विकासका लागि अपरिहार्य रहेको भन्दै मन्त्री अधिकारीले कृषिलाई प्रविधिमा आधारित बनाईरहँदा डिजिटल साक्षरता पनि आवश्यक छ, भन्नुभयो । मन्त्री अधिकारीले यस सफटवेयर मार्फत गणस्तरीय बीउ बिजनमा किसानको सहज पँहच हूने अपेक्षा पनि व्यक्त गर्नुभयो । विभिन्न दातृसंस्थाको सहयोगमा कृषि तथा पशूपन्छी विकास मन्त्रालय अन्र्तगतको बीउ बिजन गणस्तर नियन्त्रण केन्द्र मार्फत यो सफटवयेर निर्माण गरेको हो । यस मार्फत तीनै तहका सरकार वीच बीउ बिजन वितरणलाई डिजिटलाईजेसन गरि गुणस्तरीय बीउमा किसानको पहूँच कायम हुने केन्द्रका प्रमूख बेनु प्रसाद प्रसार्इँले वताउनूभयो ।