Banner NewsBanner news (with photo)ताजा समाचारदेशनीलकण्ठ नगरपालिकामुख्य समाचारवाग्मती प्रदेशसमाचारस्थानीय समाचार

धादिङको नाम ‘‘धादिङ’’ कसरी रहन गयो

धादिङको नाम ‘‘धादिङ’’ कसरी रहन गयो

आँखुको सुसेली ०८१ मंसिर अंकबाट लिएको,

लेखक डा नवीनबन्धु पहाडी
उपप्राध्यक नीलकण्ठ वहुमुखी क्याम्पस धादिङ,

भौगोलिक र ऐतिहासिक पृष्ठभूमि,

धादिङ शब्द संस्कृत भाषाको ‘धा’ र ‘दिक्’ शब्दको संयोजनले बनेको हो । ‘धा’ को शाब्दिक अर्थ राख्नु, पक्डनु, धारण गर्नु हो’ र दिशाको अर्थ देवता हो अर्थात् दिशालाई पक्डने धारण गर्ने र यसकै लुगा पहिरिने ईश्वर देवाधिदेव महादेवको नामबाट यस जिल्लाको नामकरण गरिएको हो । महादेवको अर्को नाम दिगम्बर पनि हो । यसो भन्नु दिक् अर्थात् दिशा नै लुगा भनिएको हो । महादेव दिगम्बर हुन् । उनको लुगा नै सबै दिशा, सबै लोक हो । यसैले यस जिल्लाको नाम शिव अर्थात् महादेवको नामबाट भएको हो । सार्थकमा धादिङ शिवलोक हो । अर्थात् धादिक हो ।

धादिङ उत्तर तिब्बतको सीमादेखि महाभारतका उच्च टाकुराहरूसम्म फैलिएको नेपालको एकमात्र पहाडी जिल्ला हो । देशको मध्य भूगोलमा अवस्थित हुनु, राजधानीसँग जोडिनु, काठमाडौं जाने मूल बाटोमा पर्नुले पनि यहाँका केही ऐतिहासिक घटनाक्रमहरू बनाएका मात्रै छैनन् घटित घटनाहरूका प्रत्यक्ष परोक्ष साक्षी पनि भइरहेका छन् र आगत भविष्यमा पनि बनिरहने छन् ।

यस जिल्लाको अग्लो भू(भाग पाबिल हिमालको चुचुरो हो जसको उच्च शिखर ७११० मिटर उचाइमा रहेको छ र सबैभन्दा होचो भूमि जोगिमारा भन्दा तल रहेको त्रिशूली किनार ३०० मिटर रहेको छ । यहाँ सिद्दलेक, भैरवी चुचुरो जुरेथुम, शिंल्हादेवी, लगायत २५० भन्दा ज्यादा उच्च पर्यटकीय टाकुराहरू रहेका छन् । धादिङलाई अनेक गुफाहरूको जिल्ला पनि भन्न सकिन्छ । यहाँ बसाहाको चमेरे गुफा, स्यादुल गुफा, सिद्दगुफा, मुक्तिनाथ गुफा, श्रृङ्गी गुफा, गुप्तेश्वर गुफा लगायत ५० भन्दा ज्यादा चर्चित गुफाहरू रहेका छन् र यसमध्ये धेरैजसोमा सांस्कृतिक र ऐतिहासिक महत्व रहेका छन् ।

यस जिल्लासँग जोडिएका अनन्त अलिखित इतिहासका फेहरिस्तहरू छन् त्यसलाई उप्काउने यस आलेखको मनसाय होइन । देशका महत्वपूर्ण घटनाहरूको दस्तावेजहरूमा यसको उपस्थिति कहाँनेर छ रु त्यसको जाँच पड्ताल पनि गरिएको छैन । यसको नामकरण कसरी गरिएको हो त्यस सन्दर्भमा अनेक भ्रमहरू छन् । केही सुपठित वर्गले पनि भ्रममाथि भ्रममात्र थपेका छन् र अनुसन्धानात्मक प्रविधिबाट विश्लेषण नगरेकै कारण वस्तुगत यथार्थ आजसम्म गुमराहमा रहेको छ । यस आलेखभित्र धादिङको नामकरणमा भएका केही तथ्यहरूलाई मात्र शब्दको चिरफार गर्दै पुष्टि दिन खोजिएको छ ।

आदिकालदेखि वर्तमानसम्म नदी दोहन गरेर आएका ढुङ्गा, गिट्टी, बालुवा र किनारामा उम्भिएका जङ्गलका काठपातहरूको गन्तब्य त्यही काठमाडौं खाल्टो रहिआएकै छ । थाहा छैन कति क्युफिट काठ राजधानी गयो होला, कति टिप बालुवा र ढुङ्गाहरू थानकोट कटे होलान् रु कति घर बसाइँ सरेर सहरको भीडमा हराए होलान् रु खै कसले हिसाब राखेको छ र रु अझसम्म त्यहाँको निर्माणको क्षुधा शान्त भएको छैन र पसिनाको तिर्खा मेटिएको छैन । काठमाडौंले यहाँका प्राकृतिक स्रोत साधनको उपयोग कहिलेसम्म गरिरहन्छ रु यसबारे सबै निरुत्तर छन् । विचरा धादिङ काठमाडौंको नमेटिने राक्षसी निर्माणको भोक आफ्नो शरीर काटेर शान्त गरिरहन्छ तर यहाँको गरिबी, बेरोजगारी, अशिक्षा, रोग, भोक र अन्यायका सीमान्त पीडाग्नी शमनका लागि असहाय अनुहार काठमाडौंतर्फ आफ्नो प्रिय राजधानीभन्दै आशालु भावले टुलुटुलु हेरिरहन्छ तर राजधानीले सधैं अर्काले अनुदानमा दिएको जडौरी मोटरका दुषित अपान वायु धादिङको छातीमा फ्याँकेर कुदिरहन्छ अविराम । सायद यो गति आदिदेखि अनन्तसम्म यस्तै रहिरन्छ पुर्खाको विरासतजस्तै । आजपनि नुनदेखि सुनसम्म अर्काको भर पर्ने काठमाडौंका अनेक आवश्यकताहरू धादिङले धानिदिएकै छ । देशका अन्य भूगोलका लागि यहाँको छाती चिरेर बनाएको बाटोबाट विकास जोगिमाराको सीमा सजिलै काट्छ, तर त्रिशूली पुल तर्न निकै असजिलो मान्छ । अनुभवका यस्तै यस्तै गथासोहरूका थुप्रा थुप्रा कथाहरू धादिङसँग छन् जसलाई केलाएर साध्य पनि छैन ।

तरोताजा र मिठा तरकारीका लागि धादिङ, सस्तादेखि विशेषज्ञसम्मका जनशक्तिका लागि धादिङ, निर्माणका ढुङ्गा गिट्टीका लागि धादिङ । हरेक क्षेत्रमा देश र समाज निर्माणका लागि यहाँका जनशक्तिले राजधानी बसेर पद प्रतिष्ठा र योगदान सबै दिएकै छन् । तर यो भूगोलका लागि प्राप्ति रित्तो हातमात्र भएको छ । राजधानीका लागि बेचिएका सन्तानहरूले आमाका लागि प्यास र तीर्खाबाहेक कमैले तृप्ति र सन्तुष्टि दिने रहेछन्। संसार आफ्नै गीत गाउन र तृप्तिकै लागि मरिहत्ते गर्न हतारमा छ। कसैलाई आफू उम्रेको धर्ती हेर्न फुर्सद छैन । पद, पैसा र प्रतिष्ठाको नसामा चुर्लम्म डुबेकाहरूसँग त्यसैको खेतीको ध्याउन्न राजधानीले सिकाउँछ । यो घोडे दौडमा सामेल नहुने म र मैजस्ता महामूर्खहरूको बसिबियाँलोमा यो आलेख तयार भएको छ र नामकरणको पटाक्षेप आजसम्म अन्धकार, अन्यौल र भ्रमको पर्दाभित्रबाट च्यात्न प्रयत्न गरिएको छ ।

यसो भन्नुमा पनि केही शास्त्रीय प्रमाणहरू छन् । केही वस्तुगत यथार्थहरू छन् र भरलाग्दा आधारहरू छन् ।
धादिङ प्रथमतः पुरानो सदरमुकामको सानो खाल्टो जस्तो उपत्यकाको नाम हो । धादिङभित्र नेवारपानी, सुनौला बजार, कुसुण्डे, मान्के, नवलपुर, अँधेरी खोला, मैदान, बिलाउने डाँडा र काफलछाप लगायतका बस्तीहरू रहेका छन् । त्यसको केन्द्रस्थलमा नेवारपानी पर्दछ र त्यसको पनि मुटुमा कर्णेश्वर महादेवको मन्दिर रहेको छ । त्यस मन्दिरमा अनादिकालदेखि अनन्त जलधारा गरिन्थ्यो र बेलाबेलामा महारुद्री पाठ हुन्थ्यो । यसको चर्चा हिमवत्खण्ड लगायत विभिन्न वैदिक वाङ्मयहरूमा अनेक नामले भएको मानिन्छ तर प्रामाणिक अनुसन्धान भने हुन बाँकी छ ।

यस स्थलमा अनादिकालदेखि शिक्षित सुपठित संस्कृतज्ञ दाहाल, अधिकारी, रिजाल आदि ब्राम्हण समुदायको वस्ती रहिआएको थियो । तिनैका पुर्खाहरूले उक्त मन्दिर स्थापना र जगेर्ना गरिआएका हुन् । उक्त मन्दिरमा विभिन्न पर्व र उत्सवहरूमा होम, आहुति, जलधारा भैरहन्थे । नेपालका धेरै धार्मिक क्षेत्रहरूको नामकरणमा संस्कृत पृष्ठभूमि छ र त्यसको आधारभूमिबाट हेर्दा यिनै शिवको नामसँग जोडेर जिल्लाको नामकरण गरिएको हो । यसको नाम शिवमय छ। जिल्ला वा स्थानहरूको नामकरणको जिम्मा सरकारी पठित पण्डितहरूकै जिम्मामा थियो हिजो र आज पनि । त्यतिबेला जतिखेर धादिङको नाम आविस्कार भयो संस्कृत बाहेक अंग्रेजी, मगर, चेपाङ, तामाङ आदि भाषामा लिपी र अक्षरहरूको सायद खोजी नै सुरु भएको थिएन । प्रशासनमा पनि संस्कृत भाषा नै प्रयोगमा हुन सक्थ्यो र प्रशासकहरू संस्कृतनिष्ठ थिए भन्ने विषयमा दुईमत हुनै सक्दैन । त्यसै प्रमाणका आधारमा पनि धादिङको नामकरण धादिकबाट अप्रभंश हुँदै धादिङ भएको हो भन्न सकिन्छ ।

यसको नामकरणसँग मगर भाषाको पनि साइनो जोडिएको छ । धादिङको केन्द्रस्थलमा स्थापित कर्णेश्वर महादेवको मन्दिरमा प्रारम्भमा बाराणसीबाट आएका पण्डितहरूले अखण्ड रुद्रयाग गर्दथे र त्यस ठाउँमा जलहरीबाट अविराम शिवलिङ्गमा जलधारा झरिरहन्थ्यो । मगरभाषामा ध ध्वनि छैन र त्यसको स्थानमा ढ ध्वनि उच्चारण गरिन्छ । मगर भाषामा अग्लो स्थानबाट खसेको झरना वा धारालाई ढारा वा ढाडिङ भनिन्छ । त्यहि ढाडिङ कालान्तरमा धादिङ बन्न पुगेको भन्ने ठाउँ पनि छ। त्यस आसपासमा मगर वस्ती पनि बाक्लै छ । नवलपुर जहाँ आजसम्म निकै बाक्लो मगर बसोवास छ, त्यहाँका मगरहरू आज पनि राम्रै मगर भाषा प्रयोग गर्छन् र त्यहाँबाट सुकौरा खोलाको ढाडिङ अर्थात् झरना कुम्पुरसम्म निकै लामो आकार बनाएर खसेको पनि छ । यो संयोगलाई नामकरणसँग जोड्न त सकिन्छ तर यो भन्दा संस्कृत भाषाको आधार र तर्क निकै बलियो र पुष्ट छ। फेरि मगर भाषीहरूले पनि धादिक् उच्चारणलाई धादिङ भन्ने गरेकाले नामकरण सहज भएको मान्न सकिने ठाउँ छ ।

तर्कहरूको बजारमा तर्कलाई बेसाइरहनु पर्दैन । कतिपय ठाउँमा धादिङको नामकरणलाई चेपाङ्भाषासँग पनि जोडेर हेर्ने गरिएको छ तर त्यो भ्रम र बेतुकको आधारहीन संयोग मात्र हो । चेपाङ् भाषामा ‘धा’ शब्दले ‘ज्वाला’ भन्ने अर्थ दिन्छ र दिङ् शब्दले देवता भन्ने अर्थ दिन्छ । त्यसैले ज्वालाका देवताको नामबाट यस जिल्लाको नाम रहेको हो भन्ने तर्क पनि नआएको भने होइन तर यस तर्कमा कुनै सत्यता र प्रामाणिक आधार छैन किनकि नामकरण गरिने आधारका लागि चेपाङहरूको ज्वालामुखीसँगको सम्बन्ध हुनुपर्छ । न चेपाङहरू ज्वालामुखी देवताको दर्शन र पूजा गर्छन् न तिनसँग उक्त मन्दिरको कुनै साइनो वा सम्बन्ध नै छ । त्यस मन्दिर आसपास चेपाङ वस्ती पनि छैन ।

दोस्रो कुरा जुन धादिङ स्थलबाट जिल्लाको नामकरण भयो त्यहाँ ज्वाला देवताको मन्दिर पनि छैन र त्यो भाषा प्रयोग गर्ने चेपाङहरू पनि छैनन् । यो एक संयोगमात्र हो र संयोगलाई नामकरणको आधार मान्ने हो भने अनेक अमुक भाषासँग पनि यसको समध्वनि सम्बन्ध हुन सक्छ । त्यसलाई प्रमाण बनाएर हेरिनु हुँदैन । यसको नामकरणसँग संस्कृत भाषाको सम्बन्ध छ र त्यसै आधारमा हेर्दा यो जिल्ला शिवलोक मान्न सकिन्छ । प्रत्येक क्षेत्रको इतिहासले त्यहाँको जातिय पहिचान र गौरवगाथालाई चिनाएको हुन्छ । जुन जातिको बसोवासको जहाँबाट आरम्भ हुन्छ त्यहाँ त्यो जातले आफ्नो इतिहास बनाएको हुन्छ । कालयात्राको दौरानमा मठ मन्दिर बिहार, चैत्य, गुम्बा सत्तल, पौवा, मरनघाट कुलायन जस्ता क्षेत्रहरू नृवंशका विकास परिचायकहरू हुन् । आफ्नो अस्तित्वका बिम्बहरू मानवले यी र यस्तै कलाकेन्द्रहरू बनाएर छोडेका हुन्छन्। निकै पछि मात्र मान्छेका बंशवृक्षका चित्रहरू ओडारमा, भित्तामा, कागजका पानाहरूमा देखिएका हुन् ।

पछिल्लो समय लेखकहरू तथा टीकाकारहरूले आफ्ना ग्रन्थहरूका पृष्ठहरूमा यस्ता बंशावलीहरू कोरेर राखेका पाइएका छन् । सभ्यताका आदिकालीन अवशेषहरू मानवनिर्मित तिनै मठ मन्दिर तथा सत्तल, पौवा, गुफाचित्र, ग्रन्थचित्र, संस्कृति तथा परम्पराका अवशेष र झलकहरूको अनुशीलन तथा उत्खनन्बाट अनुमान गर्न सकिन्छ र तिनीहरूलाई नै प्रमाणका रुपमा पेश गर्न सकिन्छ । प्रस्तुत अनुसन्धानमा धादिङको अवस्थिति, ऐतिहासिकता र नामकरणका वस्तुताहरूलाई यस्तै पृष्ठभूमि र लिखित तथ्यहरूबाट खोजिएको छ ।

हिमाल र पहाडको सेतुको रुपमा धादिङको संरचना तथा उपस्थिति देशको मध्यमुटुको स्पन्दित आवाज जस्तै छ । हिमाली क्षेत्रलाई बींड मानेर हेर्दा यसको आकार खन्ने हतियार गैची ९पिक० प्रकृतिको छ जसले १९२४।९ वर्गकिलोमिटर क्षेत्रफल ओगटेको छ । राजनैतिक विभाजनको क्रममा यसका सिमाले उत्तरतिर चिनको तिब्बत तथा रसुवा जिल्लाका केही भागहरू छोएका छन् भने दक्षिणतर्फ मकवानपुर तथा चितवन जिल्ला रहेका छन् । यसको पूर्वी भेगमा काठमाडौं, रसुवा र नुवाकोट जिल्ला पर्दछ । यसको पुरानो सदरमुकाम धादिङ बजार हो जसको नामबाट नै यस जिल्लाको नामकरण गरिएको हो । पुरानो सदरमुकाम तत्कालीन सुनौला बजार गा।वि।स। अर्न्तगत पर्दछ । त्यसभन्दा अघि यहाँका प्रशासन बेनिघाटबाट चल्दथ्यो ।

ऐतिहासिक कालखण्ड
लेख्य इतिहासका तथ्यहरू भेटिएपछि र लेख्य नभए पनि प्रामाणिक आधारहरू भेटिन थालेपछिको कालखण्ड नै ऐतिहासिक समय हो । नेपालको ऐतिहासिक समयको रुपमा किराँतकालीन राज्यकालदेखि मानिएको छ भने लेख्य इतिहास लिच्छवीकालीन समयदेखि पाइएको छ । धादिङको ऐतिहासिक समयमा छुट्टै प्रकृतिका फरक घटनाहरू भएका छैनन् तर वि। सं। ७२७ मा नरेन्द्रदेवले चिनियाँ सम्राट स्रङचङ गम्पोको सहयोगमा गुमेको पैतृक राज्य फिर्ता गरेपछि नेपालको विशाल अखण्ड स्वरुप बनाएको पाइएको छ । त्यतिबेला धादिङ स्वतः अखण्ड नेपालभित्रै थियो भन्न सकिन्छ । वि। सं। ११२६ मा राजा शंकरदेवको पालामा नेपाल राज्यको बिस्तार लमजुङसम्म पुगेको प्रमाण लमजुङमा प्राप्त अभिलेखहरूमा पाइएको छ र खाल्डोसम्म जाने सेनाहरू लामिडाँडा रानीपौवा हुँदै जान्थे । बाटोमा पर्ने प्रशासनिक र सामरिक महत्वको अखडा भएकोले यो स्वतः केन्द्रीय प्रशासनिक निकायमै रहन्थ्यो । यहाँ जिम्मल ९ जिम्मावाल०, मुखिया, द्वारे आदिको रामराज्य थियो ।

नेपालमा उत्तरी सीमाक्षेत्रबाट तिब्बतीय संस्कृति र प्रभाव पूर्वमध्यकालमा प्रवेश भएको हो। नेपालको हिमाली भेग तथा तिब्बतमा गोलुक सम्प्रदायको प्रचारपूर्व प्रकृतिपुजक तथा झारफुकमा विश्वास गर्ने बोन्पो धर्म अस्तित्वमा थियो । यस सम्प्रदायमा आधार लिनेहरूले दीपङ्कर बुद्धलाई मानेको देखिन्छ तर त्यसमा पनि आजसम्म आइपुग्दा अनेक संस्कृति खिचडीपन देखिइसकेको छ । बोन्पो समुदायले आफ्नो इष्ट देव देवी भैरव भैरवीलाई मान्ने गरेका पाइन्छ । धादिङको उत्तरी क्षेत्रमा आजसम्म पनि व्यापक झारफुक र तन्त्रविद्यामा विश्वास गर्नेहरू छन् ।

धादिङको सेर्तुङ कटेर तिब्बतमा तन्त्रविद्या सिक्नजाने प्रचलन पुरानो हो यद्यपि आजकाल यतै रहेका धामी झाक्रीहरूसँगै लिने चलन छ । तन्त्रसिद्धका लागि सेर्तुङ, झार्लाङ र सत्यदेवीको माथि रहेको शिल्हादेवी ९भैरवी० को स्थापना तिब्बतीय धर्मगुरुहरूकै सहयोगमा मध्यकालमै भएको अनुमान गरिएको छ । अहिले धादिङमा प्रचलित तन्त्रमन्त्र गर्नेहरूको भेषभूषा, तन्त्रमन्त्रहरू र त्यसमा प्रयोग भएका भाषाहरू तिब्बतीय प्राचीन बोन्पोहरूसँग मेल खान्छ । त्यतिबेला सेर्तुङ घाँटी ९७,१६३ मि० कटेर तथा गोर्खाको घाँटी कटेर पनि लामाविद्या, तन्त्रमन्त्र विद्या, वानविद्या, यन्त्रविद्या, हेबज्रतन्त्र ९अशिना भगाउने र चट्याङ तर्काउने० सिक्न तिब्बत आउजाउको प्रचलन थियो नै । उनीहरूको लेनदेन, विवाह व्यापार पनि तिब्बतमा हुने गर्दथ्यो ।

तिब्बतीय लामाहरूमा यहाँका मान्छेहरूको ठूलो श्रद्धा थियो र तिब्बतीयनहरू पनि मन्त्रसिद्धिका लागि सिल्हादेवीसम्म आउने जाने गर्दथे, मंगोलिया, भियतनाम, एशिया हुँदै मध्यपूर्वसम्म जाने व्यापारीहरू सिंल्हा वा रसुवागढी कटेर जाने हुनाले केही व्यापारी यस जिल्लामा स्थायी बसोबास गर्न रुचाए । यसरी तिब्बती संस्कृतिको यहाँ प्रचार थियो । निकै पछिसम्म नयाँ झाँक्रीहरू तन्त्रसिद्धका लागि सुनौला बजारको भैरवी र गुप्तेश्वरसम्म आउने गरेका थिए । हाल फरक धर्म र संस्कृतिको व्यापारले त्यो क्रम रोकिएको छ । हाल उत्तरी धादिङका जनहरूको आफ्नो पुरानो संस्कृति लोपोन्मुख छ र पूर्वजहरूको पहिचानविहीन अवस्था छ ।

मल्लकालमा भक्तपुरे राजा यक्षमल्लले आफ्नो राज्य बिस्तार गरेर गोरखासम्म पुयाएको अवस्थामा धादिङ स्वतः भक्तपर अधिनस्थ थियो भन्न सकिन्छ । कर्णाली प्रदेशका राजा जितारी मल्लले आफ्नो सिमाना त्रिशूली नदी वारिसम्म बिस्तार गरेको अवस्थामा वि।सं। १५२४ मा यक्ष मल्लसँग युद्ध परेको र पुनः काठमाडौं अधिनस्थ भएको थियो । त्यतिबेला धादिङ काठमाडौ अन्तर्गत नै थियो । यसको अलग पहिचान र अस्तित्व थिएन । तर किरानञ्चोकले भने सोच्न बाध्य बनाउँछ। एकीकरणकालमा धादिङ अलग अलग टुकै राज्यहरूको अधीनस्थ थियो । जीवनपुर केवलपुर लगायत क्षेत्रहरू काठमाडौं अन्तर्गत थिए भने त्रिशूली पारिका चितवनसँग सीमा जोरिएका केही क्षेत्रहरू मकवानपुरे सेन राजाका कब्जामा थिए । नौबिसे आसपासका क्षेत्रहरू ललितपुरले शासन गरेको बुझिन्छ । मैदी, खरी, सल्यान, बुढाथुम आदि क्षेत्रहरू गोरखाकै अधिनमा थिए ।

ती क्षेत्रहरूमा द्रव्य शाह आगमन पूर्व बार्पाकमा केन्द्र रहेको खड्का राज्य ९खस० राजाहरूको अधिनमा थियो । ” वास्तवमा धादिङ भन्ने ठाउँ हाल सुनौला बजार क्षेत्रको सानो वस्ती मात्र थियो र त्यहाँ काठमाडौंका मल्ल राजाले आफ्नो विश्वास पात्रलाई रजौटाका रुपमा पठाएका हुन्थे र तिनले कर उठाउने तथा गोरखाली राजाको सुराकको काम समेत गर्दथे । त्यहाँका ब्राम्हणहरू राज्यका हर्ताकर्ता थिए । तिनको दरबार नेवारपानी कर्णेश्वर मन्दिर आसपास रहेको प्रमाण उत्खनन्बाट थाहा हुन्छ । राम शाहको पालामा भने तिनलाई लखेटेर भैरवी किल्ला मजबुत बनाइ केही सेनाहरू समेत सुरक्षाका लागि राख्ने प्रचलन रहेको पाइन्छ। उनले नै रामकोट, धुँवाकोट, भैरवी कोट तथा मैदी कोटको निर्माण गराएका थिए । यहाँ प्रशासनिक एकाइहरू नभएका कारण ठाउँ ठाउँमा स(साना रजौटाहरूलाई केही सेना र कर उठाउने अधिकार दिएर राखेका हुन्थे । त्यस्ता रजौटाहरू दरबार नै बनाएर बसेका हुन्थे र मनलागि कर असुल उपर गर्दथे । कटुञ्जे र कुम्पुरमा घलेहरू, सेमजोङ्मा वाइवाहरू रजौटाहरू थिए । तिनका दरबारका भग्नावशेषहरू अद्यपि छँदैछ ।

चर्को कर असुली र असुरक्षाकै कारण बेला बेला कर नतिर्ने र बिद्रोह गर्ने यहाँका नागरिकहरूको आदत थियो । त्यस्तो अवस्थामा यहाँ बेला बेला अधिनस्थ राज्यका सेनाहरू आएर उपद्रव मच्चाउने पनि गरेका थिए । कटुञ्जे, कुम्पुर क्षेत्रका यस्ता घटनाहरू इतिहासमा भेटिएका छन् । मकवानपुर, गोरखा, काठमाडौं क्षेत्रको तानातानीमा परेकाले इतिहासकालमा यहाँका जनतामा शान्ति थिएन । १३ एकीकरण कालमा धादिङ गोरखाकै साथमा थियो । त्यतिबेलै पृथ्वीनाराण शाहको व्रतबन्ध मैदीकोटमा ल्याएर गरिएको थियो । शाह राजाहरूको वायु गुठी ज्यामरुङ्मै निकै पहिलादेखि थियो र त्यहाँका पण्डितहरूको रेखदेखमा थियो । गोरखा दरबारदेखि नै दरबारियाहरूको धामी काम गर्नेहरूलाई ज्यामरुङमै विर्ता दिएर बसोवास गराइएको छ । धमलाहरूको वस्ती धादिङबाट विकास भएको हो ।

खाल्टे कालिकाको पनि आफ्नै ऐतिहासिक घटना छ । बझाङ्का राजा जयपृथ्वीबहादुरकी आमाले बच्चा नपाएको ठूलो पिरलो थियो । उनकी सौताको गर्भधारण भएको तीन महिना पुगेको बेला पिरले व्यथित हुँदै माइत काठमाडौं आएकी थिइन् । बाटामा पर्ने उक्त मन्दिरमा विश्राम गरेर तिमीमा यदि शक्ति छ भने माता मेरी सौता भन्दा म पहिले सुत्केरी हुन सकूँ र बझाङ्को राजपाठ मेरो सन्तानले पाओस् भन्ने भाकल गरिन् । नभन्दै उनको गर्भ रह्यो र सात महिनामा राजा जयपृथ्वीबहादुर जन्मिए । उनकै आमाले त्यहाँ मन्दिर बनाइन्, गुठीको व्यवस्था, नित्य पूजा पद्धतिको आरम्भ, गोरु जुधाउने प्रथाको आरम्भ सबै उनीले नै रीति बसाएकी हुन् भन्ने विषयको प्रमाण कालिका मन्दिरमा भएका ताम्रपत्र शिलापत्र तथा गुठीका कागजपत्रहरूबाट थाहा हुन्छ ।

यहाँका विशाल उर्वरशील फाँटहरू, मैदानहरू, बाक्ला वन जङ्गलहरूलाई काठमाडौंका शासकहरूको आँखा लागेकै थियो । जसरी आज नदीका बालुवा, खानी तथा घना वनमा त्यताका तस्करहरूको आँखा लागेको छ त्यस्तै त्यतिबेलैबाट यहाँका उब्जाउ जमीनलाई राणाहरू तिनका सेवक पुजारी आसेपासेहरूलाई बिर्ता दिइएको थियो र शाहहरूले पनि त्यसै गरेका थिए । राजा महाराजाहरू, साहेबज्यू, गुरुज्यू, नायब, महारानी, पटरानी, भित्रियाहरूलाई अदुवा कोसेली लैजाने स्थल अदुवाबारी, बेसार कर लैजाने बेसारे, अमला लैजाने अमलाबारी जस्ता अनेक नाम यसै कारणले बसेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button