खेलकुदताजा समाचारदेशमुख्य समाचारसमाचार

नेपालमा पहिलो पटक हुन लागेको फ्रेन्चाइज भलिबल लिगको लोगो र नारा सार्वजनिक

नेपालमा पहिलो पटक हुन लागेको फ्रेन्चाइज भलिबल लिगको लोगो र नारा सार्वजनिक

नेपालमा पहिलोपटक आयोजना हुन लागेको पुरुष फ्रेन्चाइज भलिबल लिग प्रतियोगिताको लोगो र नारा नारा सार्वजनिक भएको छ ।

काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी र केडिया ग्रुपका अध्यक्ष विमल केडियाले संयुक्त रुपमा राष्ट्रको झण्डा झल्किएको लोगो र ‘उचाइको नयाँ उडान’ नाराको हिजो सार्वजनिक गर्नुभएको हो ।

मन्त्री चौधरीले निजी क्षेत्रको आकर्षणले नेपाली खेलकुद क्षेत्रको विकासमा सघाउ पुग्ने बताए । केडिया ग्रुपका प्रमुख कार्यकारी अधिकृत अश्विन केडियाले लिगमा विभिन्न ६ टोलीको सहभागिता रहने जानकारी दिए ।

प्रतियोगिता सञ्चालनको मिति र टोली भने चाँडै सार्वजनिक गरिने आयोजकले जनाएको छ। पुरुष भलिबलको फ्रेन्चाइज लिगका लागि नेपाल भलिबल सङ्घ र केडिया ग्रुपबीच यसअघि नै ७ वर्षका लागि सम्झौता भइसकेको छ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button