Banner NewsBanner news (with photo)ताजा समाचारदेशमुख्य समाचारसमाचारसुचनास्वास्थ्य
आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै
आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै
२०८१ शुक्रबार,०२ कात्तिक
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भोलि कात्तिक आज शुक्रवार र भोलि ३ गते शनिवार देशैभर भिटामिन ‘ए’ क्याप्सुलसँगै जुकाको औषधि खुवाउँदै छ ।
सरकारले प्रत्येक वर्ष बालबालिकालाई वैशाख र कात्तिक महिनामा भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाउँदै आएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भिटामिन ‘ए’ क्याप्सुल ६ महिनादेखि ५९ महिनासम्मका बालबालिका तथा जुकाको औषधि एक देखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाउनुका साथै नियमित खोप लगाउन छुटेकाहरूलाई नजिकैको स्वास्थ्य केन्द्रमा गएर खोप लगाउन आग्रह गरेको छ ।
सरकारले बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरणका लागि २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि नियमित रुपमा खुवाउन थालेको हो ।