प्रवासविश्वसमाचारस्वास्थ्य

३० लाखभन्दा बढी मानिसहरू हैजाको जोखिममा सुडान

३० लाखभन्दा बढी मानिसहरू हैजाको जोखिममा सुडान

शुक्रबार संयुक्त राष्ट्रसंघीयले  बाल कोष (युनिसेफ) सुडानमा ३० लाखभन्दा बढी मानिसहरू हैजाको जोखिममा रहेको जनाएको छ ।

सामाजिक सञ्जाल एक्समार्फत युनिसेफले पाँच वर्षमुनिका ६ लाख बालबालिकासहित करिब ३० लाख मानिसहरू हैजाको जोखिममा  जनाएको हो ।

द्वन्द्व प्रभावित क्षेत्रका ७० प्रतिशतभन्दा बढी अस्पतालहरू बन्द रहेको तथा अग्रपंक्तिमा रहेर स्वास्थ्य सेवा प्रधान गर्ने स्वास्थ्य अधिकारीलाई  महिनौँदेखि तलब भुक्तानी नगरिएको युनिसेफले जनाएको छ । आन्तरिक द्वन्द्व सुरु भएदेखि  हैजा, मलेरिया र डेंगी ज्वरोजस्ता महामारी रोगहरू फैलिँदा सयौँको मृत्यु भएको छ । सुडानको स्वास्थ्य मन्त्रालयले अगस्टमा देशमा हैजाको प्रकोप घोषणा गर्दै द्वन्द्व र अशुद्ध पानीको प्रयोग तथा बिग्रिदो वातावरणीय अवस्था हैजा फैलावटको कारण भनेको थियो । रासस/सिन्ह्वा

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button