दाङकाे भालुवाङमा बलात्कृत बालिकाकाे न्यायको माग राख्दै प्रहरी चाैकी र सशस्त्र चाैकी घेराउ
दाङकाे भालुवाङमा बलात्कृत बालिकाकाे न्यायको माग राख्दै प्रहरी चाैकी र सशस्त्र चाैकी घेराउ
०८१,कात्तिक,७बुधबार,
आज राप्ती गाउँपालिका-१, दाङको भालुवाङ पुल्चोककी बलात्कृत बालिकाको न्यायको माग राख्दै स्थानीय संघर्ष समितीले भालुवाङमा प्रहरी चाैकी र सशस्त्र प्रहरी क्याम्प घेराउ गर्नुका साथै प्ले कार्ड सहित प्रदर्शन गरेकाे छ ।
संघर्ष समितिका अध्यक्ष सुरज खड्काको नेतृत्वमा संघर्ष समिति, भृकुटी महिला विकास र स्थानीयहरूले मध्याह्न १२ बजे देखि ३ बजे सम्म भालुवाङ पुल्चोक बजार, भालुवाङ पुरानो बजार भालुवाङ, ईलाका प्रहरी कार्यालय घेराउ र सशस्त्र प्रहरी बल २९ नम्बर गण हेडक्वाटर ज्वालामाईको गेट अगाडि चर्को नाराबाजी गर्दै प्रदर्शन गरेका थिए ।
बलात्कारीलाई सार्वजनिक गर, अपराधी लुकाउन पाइदैन, सत्यतथ्य बाहिर ले, न्याय मार्न पाइदैन र बलत्कारीलाई फाँसी दे लगायत नारा लगाएका थिए । आक्रोशित आन्दोलनरत पक्षले दोषीलाई तत्काल पक्राउ गर्न माग गरेका छन् । स्थानीय र पीडित पक्षले घटना ढाकछोप गर्ने प्रयास भइरहेको भन्दै दाेषीलाई यथाशिघ्र पक्राउ गरी सार्वजनिक नगरिए आन्दोलनको आँधीबेरि ल्याउने चेतावनी दिएका छन् ।
गत असोज २४ गते दिनदहाडै भालुवाङ स्थित सशस्त्र प्रहरी क्याम्प नजिकै रहेको लिंगे पुल खेल्न गएकी राप्ती गाउँपालिका–१ भालुवाङ पुल्चोकमा डेरा गरी बस्ने ८ वर्षिय बालिका बलात्कृत भएकी थिइन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआईवीको टिमले घटनाको अनुसन्धान गरिरहेको छ । प्रहरीले घटनाको अनुसन्धान अघि बढाए पनि अझैसम्म संलग्न व्यक्तिको पहिचान गर्न नसकेपछि जनआक्रोश बढ्दै गएको छ । प्रहरीले घटनामा संलग्न व्यक्तिको पहिचान गरेर सार्वजनिक नगर्दा सम्म संघर्ष जारी राख्ने चेतावनी दिइएको छ । त्यस्तै कार्तिक ८ गते मध्याह्न १२ बजे देखि ४ बजे सम्म पूर्व-पश्चिम राजमार्ग बन्द गर्ने र बेलुका ६ बजे देखि राँके जुलुस निकाल्ने निर्णय भएको संघर्ष समितिका संयोजक सुरज खड्काले जानकारी दिनु भयाे ।
बलात्कारीलाई सार्वजनिक गर, अपराधी लुकाउन पाइदैन, सत्यतथ्य बाहिर ले, न्याय मार्न पाइदैन र बलत्कारीलाई फाँसी दे लगायत नारा लगाएका थिए । आक्रोशित आन्दोलनरत पक्षले दोषीलाई तत्काल पक्राउ गर्न माग गरेका छन् । स्थानीय र पीडित पक्षले घटना ढाकछोप गर्ने प्रयास भइरहेको भन्दै दाेषीलाई यथाशिघ्र पक्राउ गरी सार्वजनिक नगरिए आन्दोलनको आँधीबेरि ल्याउने चेतावनी दिएका छन् ।
प्रहरीले घटनाको अनुसन्धान अघि बढाए पनि अझैसम्म संलग्न व्यक्तिको पहिचान गर्न नसकेपछि जनआक्रोश बढ्दै गएको छ । प्रहरीले घटनामा संलग्न व्यक्तिको पहिचान गरेर सार्वजनिक नगर्दा सम्म संघर्ष जारी राख्ने चेतावनी दिइएको छ । त्यस्तै कार्तिक ८ गते मध्याह्न १२ बजे देखि ४ बजे सम्म पूर्व-पश्चिम राजमार्ग बन्द गर्ने र बेलुका ६ बजे देखि राँके जुलुस निकाल्ने निर्णय भएको संघर्ष समितिका संयोजक सुरज खड्काले जानकारी दिनु भयाे ।