खेलकुदताजा समाचारदेशमुख्य समाचारवाग्मती प्रदेशसमाचार

नेपालले अब सेमिफाइनलमा प्रतियोगिताकै सबैभन्दा सफल टिम भारतसँग खेल्ने

नेपालले अब सेमिफाइनलमा प्रतियोगिताकै सबैभन्दा सफल टिम भारतसँग खेल्ने

भिषण श्रेष्ठ,धादिङ,

साफ महिला च्याम्पियनसिप फुटबलमा श्रीलंकालाई ६-० ले पराजित गर्दै नेपाल समूह बी को विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ ।

नेपालले अब सेमिफाइनलमा आइतबार समूह ए को उपविजेता भारतसँग प्रतिस्पर्धा गर्नेछ । अर्को सेमिफाइनलमा समूह ए को विजेता बंगालदेश र समूह बी को उपविजेता भुटान भिड्नेछन् ।

जितपछि नेपाल र भुटानले समूह बीमा ३ खेलबाट समान ७ अंक जोडे,समीकरणअनुरुपको जित निकालेसँगै भुटानलाई गोलआधारमा पछि पार्दै नेपाल समूह विजेता बन्यो । यो समूहमा नेपाल र भुटान अन्तिम चारमा पुग्दा श्रीलंका तेस्रो स्थानमा रहँदै र माल्दिभ्स पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरिए । प्रतियोगितामा माल्दिभ्स गोल नगर्ने एकमात्र टिम बन्यो ।

नेपालले अब सेमिफाइनलमा आइतबार प्रतियोगिताकै सबैभन्दा सफल टिम भारतसँग खेल्नेछ । भारतले साफका पछिल्ला ६ मध्ये पाँच संस्करणको उपाधि जितेको छ । नेपालले साफका पाँच फाइनलमा बेहोरेको हारमध्ये चारमा भारत नै बाधक बनेको थियो । यसअघि गत संस्करणमा पनि नेपालले सेमिफाइनमा भारत नै प्रतिद्वन्द्वी पाएको थियो । दशरथ रंगशालामै भएको उक्त खेलमा नेपालले भारतलाई १–० ले हराउँदै फाइनल यात्रा तय गरेको थियो । त्यसबेला नेपाललाई जित दिलाउन रश्मीले निर्णायक गोल गरेकी थिइन् ।

प्रतियोगिताको यस संस्करणमा दक्षिण एसियाका सातवटै देशले सहभागिता जनाएका थिए ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button