ज्वालामुखी गाउँपालिका पहिलो नमुना सफा तथा स्वच्छ वडा घोषणा (फोटो फिचर)
ज्वालामुखी गाउँपालिका पहिलो नमुना सफा तथा स्वच्छ वडा घोषणा (फोटो फिचर)
धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर ६ लाई पहिलो नमुना सफा तथा स्वच्छ वडा घोषणा गरिएको छ ।
आईतबार एक भव्य कार्यक्रमको आयोजना गरि नेपाल सरकार कृषि तथा पशुपंक्षी बिकास मन्त्री रामनाथ अधिकारीको प्रमुख आतिथ्यतामा घोषणा कार्यक्रम सम्पन्न गरिएको हो । स्वास्थ्य, सरसफाई तथा स्वच्छताको ५ वटा व्यवहार, १५ वटा सूचक र ४५ वटा उपसूचक पूरा गरेर आईतबार नमूना सफा र स्वच्छ वडा घोषणा गरिएको हो ।
वडाको आयोजना, सामुदायिक रूपान्तरण समाज नेपाल , शान्ति नेपाल , ज्वालामूखी गाउँपालिका र ज्वालामूखी ग्रामीण खानेपानी सरसफाई तथा स्वच्छता व्यवस्थापन बोर्डको सहयोग तथा साझेदारी र समन्वयमा कार्यक्रम गरिएको हो । खानेपानी, सरसफाई तथा स्वच्छता कार्यक्रम अन्तरगत २०७६ माघ २९ गते सोही वडाको केही टोल बस्तीबाट धादिङ जिल्लामा नै नमूना सफा र स्वच्छ क्षेत्र घोषणा कार्यक्रम शुरु भएको थियो । आईतबार सोही ६ नं वडालाई नमूना सफा तथा र स्वच्छ घोषणा गर्दै आर्थिक वर्ष २०८२–०८३ सम्ममा पूरै गाउँपालिका घोषणा गरिने गाउँपालिका अध्यक्ष यमनाथ दनैले बताउनुभयो ।
साथै गएको शनिबार वडा नं १ को काफलस्वारा, देवीस्थान र अधिकारी गाउँटोल नमुना सफा तथा स्वच्छ गाउँ घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख सुजन श्रेष्ठले जानकारी दिनुभयो । आगामी कार्तिक १४ गते वडा नम्बर ३ स्थितका केहि गाउँलाई नमुना टोल बिकासको रुपमा घोषणा गरिने गाउँपालिकाले जनाएको छ ।