महिला साफ च्याम्पियनसीपको उपाधि बंगलादेशलाई,नेपाल फेरि उपविजेतामै सीमित
महिला साफ च्याम्पियनसीपको उपाधि बंगलादेशलाई,नेपाल फेरि उपविजेतामै सीमित
साफ महिला च्याम्पियनसिप–२०२४ को उपाधि बंगलादेशले जितेको छ,फाइनलमा घरेलु टोली नेपाललाई २-१ ले हराउँदै बंगलादेशले लगातार दोस्रो पटक उपाधि जितेको छ ।
नेपालले साफ वुमन्स च्याम्पियनसिपमा घरेलु मैदानमा लगातार तेस्रो पटक फाइनल खेलेको हो । पहिलो हाफमा गोललरहित बराबरी खेलेको नेपालविरुद्ध दोस्रो हाफको ५२ मिनेटमा बंगलादेशका मोनिका चक्माले पहिलो गोल गरिन्। त्यसको ३ मिनेटपछि खेलको ५५औँ मिनेटमा नेपालकी अमिषा कार्कीले गोल फर्काएर बराबरीमा लगिन्।
समग्रमा पछिल्लो डेढ दशकमा नेपाले १२औं पटक फाइनल खेलेको हो । सन् १९८६ मा एएफसी वुमन्स च्याम्पियनसिपबाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेको नेपाली महिला टोलीले सन् १९८९ र १९९९ मा पनि एएफसी च्याम्पियनसिप खेलेको थियो । नेपाल साफ वुमन्स च्याम्पियनसिपमा बंगलादेशसँग दोस्रो पटक पराजित भएको हो । सन् २०२२ मा भएको छैटाैं संस्करणमा नेपाल बंगलादेशसँग दशरथ रंगशालामै ३-१ ले पराजित भएको थियो । साफमा नेपालले सर्वाधिक छैटाैं पटक फाइनल खेलेको छ । बंगलादेश तीन पटक फाइनल खेल्दा दुई पटक उपाधि जितेको छ ।
बंगलादेश सन् २०१६ को फाइनलमा भारतसँग पराजित भएको थियो। नेपाल सन् २०१०, २०१२, २०१४ र २०१९ को फाइनलमा भारतसँग पराजित भएको थियो । सन् २०१६ मा नेपाल सेमिफाइनलमै भारतसँग पराजित भएको थियो ।
प्रतियोगितामा भुटानले फेयर प्ले अवार्ड पाएको छ भने भुटानकै देकी लाजोम सर्वाधिक गोलकर्ता बनिन् । उनले ८ गोल गरेकी थिइन् । उत्कृष्ट गोलकिपर बंगलादेशकी रुपमा चक्मा बनिन् भने सर्वोत्कृष्ट खेलाडी बंगलादेशकै रितु पोर्ना चक्मा बनिन् । उनले फाइनल खेलमा बिजयी गोल गरेकी थिइन् ।