Banner NewsBanner news (with photo)गण्डकी प्रदेशताजा समाचारदेशमुख्य समाचारराजनीतिसमाचार

गण्डकी प्रदेशसभा सांसद दीपक मनाङे पक्राउ

गण्डकी प्रदेशसभा सांसद दीपक मनाङे पक्राउ

०८१,कात्तिक २७,मंगलबार,

गण्डकी प्रदेशका प्रदेशसभा सदस्य रहेका दीपक मनाङे उर्फ राजीव गुरुङ काठमाडौंबाट पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौँको सानोभर्‍याङबाट उनलाई नियन्त्रणमा लिएको गृहमन्त्रीको सचिवालयले पुष्टि गरेको छ ।

२०६१ सालमा मिलन गुरुङ (चक्रे)माथि खुकुरी प्रहार भएको मुद्दामा गुरुङलाई अदालतले दोषी ठहर गरेको थियो । पुनरावेदन अदालत पाटनले २०६९ सालमा मनाङ्गेलाई कर्तव्य ज्यान मुद्दा अन्तर्गत पाँच वर्षको सजाय सुनाएको थियो। सोहि सर्वोच्च अदालतले मंगलबार मनाङेलाई ५ वर्ष कैदको फैसलासमेत सुनाएको छ,उक्त मुद्दामा मनाङे २ वर्ष जेल सजाय काटिसकेका छन्।

उनलाई अदालतको फैसला कार्यान्वयनका लागि आजै कारागार चलान गरिँदैछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button