Uncategorizedविश्व

नेपाल आईसीसी १९ वर्ष मूनीको महिला टी–२० क्रिकेट पहिलोपटक विश्वकपमा छनोट+++++

नेपाल आईसीसी १९ वर्ष मूनीको महिला टी–२० क्रिकेट पहिलोपटक विश्वकपमा छनोट

०८१,कात्तिक २८,बुधबार,

नेपाली महिला क्रिकेट टोलीले पहिलो पटक आईसीसी यू–१९ वर्ष मूनीको महिला टी–२० विश्वकप क्रिकेटमा चार वटा देश सहभागी प्रतियोगितामा नेपाल शीर्ष स्थानमा रहेर पहिलो पटक १९ वर्षमुनिको महिला टी–२० विश्वकपमा छनोट भएको हो ।

एशिया छनोटको निर्णायक खेलमा नेपालले यूएईलाई ८ विकेटले हरायो । यूएईले दिएकाे ८४ रनकाे लक्ष्य नेपालले १४ ओभर ४ बलमा २ विकेट गुमाएर भेटायाे । नेपालकी सना प्रवीनले ३५, कप्तान पूजा महतोले २१, साेनी पाख्रिनले १३, सावित्री धामीले १२ रन बनाइन् । यूएईकी मेहक ठाकुरले २ विकेट लिइन् ।

नेपालबाट कृष्मा गुरुङले चार विकेट लिएकी थिइन् । चार ओभर बलिङ गरेकी कृष्माले १३ रन खर्चिइन् । सिमा केसी र रिया शर्माले समान दुई विकेट लिँदा रचना कुमारी चौधरीले एक विकेट हात पारिन् ।

नेपाल आईसीसी यू–१९ महिला ट्वान्टी–२० विश्वकपको एसिया छनोट विजेता बनेसँगै एसीसी यू–१९ एसिया कपका लागि पनि छनोट भएको छ । एसियाली क्रिकेट परिषद् (एसीसी) ले बुधबार जनाएअनुसार नेपाललाई विजेता तथा मलेसियालाई यू–१९ विश्वकप आयोजकको हिसाबमा स्थान दिइएको छ ।

एसीसी यू–१९ महिला एसिया कप पनि मलेसियामै डिसेम्बर १५ देखि २२ सम्म हुनेछ । समूह ‘ए’ मा नेपालसहित भारत र पाकिस्तान तथा समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र मलेसिया छन् । नेपालले डिसेम्बर १६ मा पाकिस्तानसँग र डिसेम्बर १७ मा भारतसँग खेल्नेछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button