Banner NewsBanner news (with photo)ताजा समाचारदेशमुख्य समाचारराजनीतिसमाचार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई अझै १५ दिन हिरासत राख्ने अनुमति
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई अझै १५ दिन हिरासत राख्ने अनुमति
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आइतबार कास्की जिल्ला अदालतले थप १५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
यसअघि कार्तिक २५ गते थपिएको १३ दिने म्याद सकिएलगत्तै आज फेरि लामिछानेलाई अदालत उपस्थित गराइएको थियो । म्याद थपका लागि आज उपस्थित गराइएका रविलाई भीमलाल बेलबासेको इजलासले १५ दिनको म्याद थपको अनुमति दिएको हो ।लामिछानेमाथि सहकारी ठगी र संगठित अपराधका साथै सम्पत्ति शुद्धीकरण मुद्दामा पनि अनुसन्धान भइरहेको छ। पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरोप लामिछानेमाथि छ ।
5s0rrh