Banner NewsBanner news (with photo)ताजा समाचारदेशमुख्य समाचारसमाचारसिद्धलेक गाउँपालिकास्थानीय तहस्थानीय समाचार

नेपालमै ५२ वर्षदेखि बेपत्ता मान्छे,जिउँदो नभेटे पनि मरेपछि लास भेटियो

नेपालमै ५२ वर्षदेखि बेपत्ता मान्छे,जिउँदो नभेटे पनि मरेपछि लास भेटियो

०८१,मंसिर १४,शुक्रबार,

सिद्धलेक गाउँपालिका वडा नम्बर ५ चाँपखोलाका मलामीहरुले ५२ वर्ष हराएर शव भेटिएपछि जलाउँदै गरेको अवस्थामा नातिकाजी श्रेष्ठको बारेमा गरेका सम्झनाहरू हुन् ।

७० वर्षको उमेरमा उपचार गर्दागर्दै दार्चुलामा मृत्यु भएपछि परिवारका मानिसहरु पुगेर शव  ल्याएपछि बिहीबार दाहसंस्कार गरिएको हो । जिउन्दै  छँदा आउँछ भन्ने ठानेका परिवारले मृत शरिरमात्र पाएपछि नेपालमै हराएकाहरुको खोजी गर्न सके र सम्बन्धित सरकार तथा प्रहरीले सघाउन चाहेमा हराइरहेका धेरैले परिवार पाउने लीलाबहादुर श्रेष्ठले बताएका छन् ।

२०२९ साल चैततिरको कुरा हो,नातिकाजी श्रेष्ठ भाईको  भातखुवाइ पछि घर छाडेर हिडेका थिए,केही समय त खोजी भएन २०३५ सालतिर धनगढी तिर छरे भन्ने  सुनेर परिवारका सदस्यहरु खोजी गर्न गए । तेतीखेर अहिलेजस्तो फोन केही सञ्चारका सरल साधन नभएपछि नातीकाजीलाई खोजी छाडेर परिवारका सदस्य घर फर्किएका थिए । अब मानिस हराएको र भेटिने आशा मारेर घरमै बसे । परिवारका सदस्यहरुले नातिकाजी नभएको मानेर घर व्यवहार चलाउन थाले ।

१८ वर्षको हुँदा फुर्तिलो थियो । गाउँमा कोही केही माग्न आए भने घरका मानिसलाई नभनिकै खानेकुरा दिन्थ्यो । गाउँमा बारीमा  पसेर काँक्रो चोर्ने फुर्तिलो युवा थियो । घरबाट हराएपछि विभिन्न स्थानमा मजदुरी गर्दै हिँडेको र लामा निर्माण कम्पनीले धनगढी दार्चुला सडक खन्ने काम लिएपछि नातीकाजीले सडकमा काम गर्न थाले । सडक बनाउन लामो समय लागेको र उनले यही सडकमा मजदुरी गरेर काम गरेर बसिरहेको र स्थानीयसले धादिङमा खबर गरेका कारण परिवारले जिउँदो नभेटेपनि मरेपछि लास भेटेको शव लिन पुगेका  मृतकका नातेदार लीलाबहादुर श्रेष्ठले बताए ।

एक महिना अघि दार्चुलाको गोकुलेश्वर अस्पतालमा घाँटीमा ठूलो घाउ भएर उपचारका लागि गएको र उपचारपछि पठाइएको अस्पतालका ओमप्रकाश पन्तले शव  लिन गएको टोलीललाई बताएका थिए । त्यतिखेर दार्चुलाबासीले घरखोजी गरेर प्राप्त सूचनासहित नेपाल प्रहरीमा धादिङ खबर गर्न भनेको भएपनि धादिङ प्रहरीमा भने खबर नआएकोले परिवारसम्म जिउँदो छँदा सूचना पुर्याउन नपाएको धादिङ प्रहरीले पीडित परिवारलाई बताइसकेको छ । पछिल्लो पटक मंसिर ३ गते विरामी सिरियस भएपछि नातीकाजीलाई भर्ना गरिएको थियो । परिवार नभएकोले स्थानीयले रकम उठाएर उपचार समेत गराएका थिए । उपचारकै क्रममा मंसिर ९ गते मृत्यु  भएको थियो । नातीकाजीको शव  नउठेपछि प्रहरीले धादिङ खबर पठाएपछि पीडित परिवार मानिस खोजेर शव  लिन गएका थिए ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button