केन्द्रको तथ्यांक अनुसार सबैभन्दा बढी बागमती प्रदेशमा एचआईभी संक्रमित
केन्द्रको तथ्यांक अनुसार सबैभन्दा बढी बागमती प्रदेशमा एचआईभी संक्रमित
०८१,मंसिर १७,सोमबार,
नेपालमा हाल ३० हजार ३०० जना एचआईभी संक्रमित रहेको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको अनुमान छ,जसमध्ये दैनिक एक जनाको मृत्यु हुने गरेको केन्द्रको तथ्यांक छ ।
नेपालमा १५ देखि ४९ वर्षको उमेर समूहका व्यक्तिमा एचआईभी संक्रमण दर उच्च रहेको छ । केन्द्रको तथ्यांक अनुसार सबैभन्दा बढी बागमती प्रदेशमा एचआईभी संक्रमित छन् ,बागमतीमा ६ हजार ७३५, लुम्बिनीमा ४ हजार ८५२, मधेशमा ४ हजार ३३२, सुदूरपश्चिमा ३ हजार ७२३, गण्डकीमा २ हजार ९६८, कोशीमा २ हजार ४०३ र कर्णालीमा ७१५ जना केन्द्रको तथ्यांक छ,केन्द्रको तथ्यांक अनुसार २५ हजार ७२८ जनाले उपचारको दायरामा आएका छन् ।
टेकु अस्पतालका चिकित्सक डा. शेरबहादुर पुनको अनुसार अझै पनि करिब पाँच हजार एचआईभी संक्रमित उपचारका लागि स्वास्थ्य संस्थाको सम्पर्कमा नआएको तथ्यांकले देखाउँछन्,सरकारले एचआईभी परीक्षण तथा संक्रमितको औषधि उपचार निःशुल्क गरेको छ,तर पनि अझै मानिस खुलेर उपचारमा आएका छैनन्, संक्रमित खुलेर उपचारमा नआउनुले चुनौती थपेको छ । एचआईभी जति ढिला पत्ता लाग्छ, बिरामीले त्यति धेरै अरुलाई सारिसकेको हुन्छ । जसले गर्दा एचआईभी अझ धेरै फैलिने सम्भावना बढी हुन्छ ।
उपचारमा रहेका संक्रमितले औषधि खाएपछि अरुलाई सार्दैनन् र संक्रमित कम हुँदै गएका छन्,’ डा. शर्मा भन्छन्, ‘अब एचआईभी संक्रमितमा एड्स हुने अवस्था छैन । नियमित औषधि खाँदा यो रोग सामान्य भइसकेको छ ।
६१ जिल्लाका ८४ एआरटी सेन्टरबाट एन्टिरेट्रोभाइरल उपचार निःशुल्क उपलब्ध छ । देशका सबै जिल्लामा आमाबाट बच्चामा हुने संक्रमण रोकथाम गर्न समुदायमा आधारित कार्यक्रम सञ्चालनमा छ ।