पाकिस्तानमा २० लाख बालबालिकामा कुपोषणको चपेटामा
पाकिस्तानमा २० लाख बालबालिकामा कुपोषणको चपेटामा
पाकिस्तानमा २० लाख बालबालिकामा कुपोषणबाट पीडित रहेको युनिसेफको एक अध्ययनले देखाएको छ ।
पाकिस्तानको सबैभन्दा ठूलो प्रान्त बलुचिस्तानमा झण्डै ५० प्रतिशत बालबालिका कुपोषणबाट पीडित रहेको हालसालैको पोषण सर्वेक्षणले देखाएको समाचार संस्था एपीएफले जनाएको छ ।
युनिसेफले पाकिस्तानसहित १२ देशहरूमा जीवन बचाउने अत्यावश्यक सामग्रीको लागि कोषको अभाव अर्थात आर्थिक स्रोतको अभावका कारण बालबालिकाहरू ज्यानै गुमाउने जोखिममा रहेको बताएको छ ।
यीमध्ये धेरै बालबालिकाका लागि दादुरा जस्ता रोगहरू घातक हुन सक्छन्। उनीहरूको शारीरिक विकास र तौल उनीहरूका साथीहरूको तुलनामा निकै कम हुन्छ । बलुचिस्तानका सबै ३६ जिल्लाहरूमा फैलिएका झन्डै आधा सङ्ख्याका बालबालिकाहरूले गम्भीर खाद्य असुरक्षाको अनुभव गरिरहेका छन् ।
कुपोषणले बालबालिकाको बृद्धि र विकासमा बाधा पुर्याउने मात्र नभई तिनीहरूको रोग प्रतिरोधात्मक क्षमतालाई पनि कमजोर बनाउँदै विभिन्न रोग लाग्ने सम्भावना बढाएको चिकित्सकले जनाएका छन् । यी बच्चाहरूलाई विशेष हेरचाह र उनीहरूको पोषण आवश्यकता पूरा भएको सुनिश्चित गर्न नजिकको निगरानी आवश्यक छ। बलुचिस्तानले सन् २०१८ देखि पोषण आपतकालको सामना गरिरहेको छ।