चिल्ड्रेनपार्क आवासीय माध्यामिक विद्यालयको वार्षिक खेलकुद सुरू
चिल्ड्रेनपार्क आवासीय माध्यामिक विद्यालयको वार्षिक खेलकुद सुरू
विद्यालयको वार्षिक कार्यतालिका अनुसार आज पौष ७ गते चिल्ड्रेनपार्क आवासीय माध्यामिक विद्यालयको वार्षिक खेलकुद कार्यक्रम उद्घाटन गरिएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोदमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा साहित्यकार बद्री दाहालको प्रमुख आतिथ्यता र केशरी प्रसाद पन्त, सिपी कलेजका अध्यक्ष शान्त विक्रम बानियाँ,शिक्षक ,पत्रकार महासंघ धादिङका सचिव सन्तोष श्रेष्ठ, पत्रकार र अभिभाभवकहरूको आतिथ्यता रहेको थियो ।
प्रमुख अतिथिबाट ब्यानर सहितको बेलुन उडाएर कार्यक्रम उद्घाटन भएको थियो ।कार्यक्रममा विद्यार्थीहरूले आकर्षक पिटी, खेलकुद नृत्य तथा तेकान्दो सोले लगायत कलाहरु प्रस्तुत गरीएको थियो । विद्यालयका नीलो, हरियो, रातो, र पहेँलो सदन बिचका खेलहरु अन्तरगत आज भएको खेलमा हरियो सदन १० स्वर्ण सहित प्रथम स्थानमा रहेको छ भने ५ स्वर्ण सहित रातो सदन पहेलोलाई पछ्याउदै गरेको खेलकुद संयोजक इन्द्रराज श्रेष्ठले जानकारी दिनु भएको छ। कक्षा १० सम्मको विद्यार्थीहरु सहभागि हुने खेलहरुलाई प्रि प्राइमरी, जुनियर, सब जुनियर र सिनियर गरी ४ तहमा खेल खेलाइने छ । खेलहरू विद्यालय प्राङ्गण, जिल्ला प्रशासनसँगैको खेल मैदान र धादिङ फुटसलमा संचालन हुने छ ।
खेलकुदुको उदेश्यलाई विद्यालय तहबाट नै पूरा गदै लैजाने, आफूमा खेलप्रति रहेको कौसललाई प्रस्फुटन गर्दै अनुशासन, टिम वर्क, धैर्यता जस्ता सीपहरू विद्यालय तहबाटै सिकाउने प्रिन्सिपल षष्टिकुमार श्रेष्ठले बताउनु भयो साथै सबै सदन शिक्षक तथा विद्यार्थीहरूलाई जितको शुभकामना व्यक्त गर्नु भयो ।