Banner NewsBanner news (with photo)ताजा समाचारदेशनीलकण्ठ नगरपालिकामुख्य समाचारविजनेशसमाचारस्थानीय समाचार
पूर्व अध्यक्षहरुकाे समर्थनमा राेहित भण्डारीद्वारा धादिङ उद्योग बाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी घोषणा
पूर्व अध्यक्षहरुकाे समर्थनमा राेहित भण्डारीद्वारा धादिङ उद्योग बाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी घोषणा
धादिङ उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा रोहित भण्डारीले उम्मेदवारी घोषणा गर्नुभएको छ ।
शनिबार धादिङबेसीमा एक कार्यक्रम गर्दै यही पौष २६ र २७ गते हुने संघको ११औं अधिवेशनमा आफुले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । धादिङ उद्योग वाणिज्य संघलाई व्यापार, लगानी र उद्यमशीलताको हिसावले नेतृत्वदायी संस्थाको रुपमा स्थापित गर्न आफ्नो उम्मेदवारी दिएको बताउनुभएको छ ।
रोहित भण्डारीको उम्मे्दवारी घोषणा समारोहमा पुर्व अध्यक्षहरु तेज बहादुर भण्डारी, धुव बहादुर थापा, प्रभातकिरण सुवेदी, चन्द्रकान्त अधिकारी, वोदनाथ दुवाडी, निवर्तमान अध्यक्ष रुद्र बहादुर खत्री र हालका बरिष्ठ उपाध्यक्ष तथा ११ औ अधिबेशन पछिका अध्यक्ष रामकुमार डल्लाकोटी लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रममा संस्थापक अध्यक्ष कृष्ण कुमार श्रेष्ठ अस्वस्थ्यको कारण घोषणा समारोहमा उपस्थित हुन नसक्नुभएपनि साथ समर्थन रहेको जानकारी गराईएको थियो ।
करिव ११ बर्ष कर्मचारी भई सेवा प्रदान गरेका भण्डारी हाल धादिङ उद्योग बाणिज्य संघमा कार्यसमिति सदस्य रहेका छन् । कर्मचारी हुँदा सवै ब्यवसायीको मन जितेका भण्डारी हाल कन्सल्टेन्सी (कर भ्याट) हार्डवयर, प्रोसेसिङ ड्रिकिङ वाटर, सुर्य नेपालको डिलरसिप ब्यवसाय र ठेक्का पट्टामा सक्रिय रहेका छन् ।
आफ्ना प्रतिवद्धतापत्र समेत सार्वजनिक गर्दै उम्मेदवारी घोषणा गरेपनि भण्डारीले प्यानल भने सार्वजनिक गर्नुभएको छैन । कार्यक्रममा सहभागी व्यवसायी र समर्थकहरुको उपस्थितिको आधारमा नेकपा माओवादी निकट देखिए पनि स्पष्ट खुलाइएको छैन ।
यस्तो छ बरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी घोषणा गरेका रोहित भण्डारीका सार्वजनिक प्रतिवद्धताहरु :
- धादिङ उद्योग वाणिज्य संघको सचिवालयमा भौतिक रुपले आधुनिक, सेवा प्रवाहका हिसाबले ब्यवसाय मैत्री र क्षमताका हिसाबले सक्षम जनशक्ति सहितको ब्यवसायिक परामर्श केन्द्र स्थापना गर्ने छु ।
- वैध रुपमा जिल्लामा संचालित सबै प्रकारका उद्यम, व्यवसायलाई संघमा आबध्द गरी उनीहरुको ब्यवसायिक प्रवध्र्दन र बजारीकरणमा मेरो प्राथमिकता रहने छ ।
- उद्योग ब्यवसाय मैत्री नीतिको तर्जुमा, नीतिहरुको पुनरावलोकन र भय रहित ब्यवसाय विकासको वातावरण तयार गर्न प्रयत्नरत रहने छु
- उद्यमशीलता,नेतृत्व विकास र प्राविधिक सीप विकासका कार्यशाला, सेमिनार र प्रशिक्षणहरु संचालन गरी प्रतिस्पर्धात्मक गुणस्तर हासिल गर्न सघाउने छु ।
- मेलाहरुलाई उत्सवका रुपमा संचालन गरी स्थानीय उत्पादनलाई राष्ट्रिय-अन्तराष्ट्रिय रुपमा प्रवध्र्दन गर्दै स्थानीय ब्यवसायीहरु, लगानीकर्ताहरु र अन्तराष्ट्रिय साझेदारहरु बीच अन्तरकृयात्मक वातावरणको सिर्जना गर्ने छु ।
- उद्यमी-ब्यवसायीहरुलाई ऋण वा लगानीका अवसरहरु सुरक्षित गर्न मद्दत गर्ने, वित्तिय संस्थाहरुसंग समन्वय गर्ने एवम् वित्तिय ब्यवस्थापन र अनुपालनका लागि वित्तिय र कानुनी सेवाहरुको अवसर प्रदान गर्ने छु ।
- राष्ट्रिय–अन्तराष्ट्रिय फर्महरुसंग साझेदारी मार्फत नयाँ प्रविधिहरुमा जिल्लाका उद्यम ब्यवसायलाई जोड्ने छु ।
- महिला, विपन्न, सिमान्तकृत समुदाय एवम् अपांगता भएका ब्यक्तिहरुका लागि संभाब्य उद्यम ब्यवसाय छनौट गरी उनीहरुको पहुँच स्थापित गर्ने छु ।
- जिल्लाको पर्यटन प्रवध्र्दन, संस्कृतिको संरक्षणका क्षेत्रमा ब्यवसायिक संभाव्यताको थप अध्ययन गरी कार्यक्रम बनाउने छु ।
जिल्लाको राजमार्ग क्षेत्रमा औद्योगिक क्षेत्र स्थापनाको लागि पहल गर्नुछु । भने वुढीगण्डकी जलविद्युत परियोजना यथासिघ्र कार्यन्वयनमा ल्याउन संस्थागत पहल गर्नेछु । - जिल्लाको मुख्य आम्दानीको श्रोत रहेको खनिजजन्य उत्पादन, जडीवुटी लगायतको विविधीकरण र वजारीकरणको लागि पहल गर्नेछु ।
स्थानीय तह स्तरमा उद्योग वाणिज्य संघको भुमिकालाई थप प्रभावकारी वनाउन स्थानीय तह स्तरिय उद्योग वाणिज्य समितिहरु गठन गरि सक्रिय वनाउनेछु । - धादिङ उद्योग वाणिज्य संघसंग केही परियोजनागत असल सिकाइहरु छन्, आगामी दिनमा तपशीलका विषय क्षेत्रमा परियोजनाहरु संचालन गर्ने छु ।
लेखा, मार्केटिङ, वाणिज्य क्षेत्रहरुमा इ –कमर्स ल्पेटफर्मको विकास
कृषि उपजहरुको उत्पादन, प्रशोधन र बजारीकरण
स्थानीय हस्तकला र उद्योगको प्रवध्र्दन र क्लस्टर विकास
इको पर्यटन प्रवध्र्दन
स्थानीय बजारहरुको स्थापना र आधुनिकीकरण
सार्वजनिक नीजि साझेदारीबाट पूर्वाधार परियोजना संचालन एवम् औद्योगिक ग्राम स्थापना