Banner NewsBanner news (with photo)ताजा समाचारदेशवाग्मती प्रदेश

कुलेखानीको जलाशय भरिँदै आसपासका नागरिकलाई सचेत रहन आग्रह

कुलेखानीको जलाशय भरिँदै आसपासका नागरिकलाई सचेत रहन आग्रह

लगातार वर्षाका कारण मकवानपुरको कुलेखानी इन्द्रसरोवर जलविद्युत आयोजनाको जलाशय भरिने अवस्थामा पुगेको छ ।

कुलेखानी ड्याम इन्द्रसरोवर भरिएर खतराको सङ्केत देखिएपछि ड्यामको ढोका खोलिने भएको हो । आसपासका मकवानपुरको भिमफेदी, इन्द्रसरोवर, वाग्मती गाउँपालिका, रौतहटको नुनथर, चन्द्रपुर, क्यान्टिन, सर्लाहीको विभिन्न क्षेत्र, सिन्धुलीको हरिहरपुर गढी क्षेत्र आसपासका नागरिकलाई सचेत रहन आग्रह गरिएको छ ।

कुलेखानीको जलाशय भरिँदै आसपासका नागरिकलाई सचेत रहन आग्रह

निरन्तर ठूलो पानी परेको र पानी पर्ने क्रम नरोकिए आज रातिसम्म ड्यामको ढोका खोल्नुपर्ने अवस्था आउने नेपाल विद्युत् प्राधिकरण कुलेखानी प्रथम जलविद्युत् केन्द्रले जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई पत्राचार गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button