Banner NewsBanner news (with photo)English Newsताजा समाचारदेशमुख्य समाचारवाग्मती प्रदेश

नागढुंगा,मुगलिन सडक १० ठाउँमा भन्दाबढी पहिरो र लेदोले अवरद्ध

नागढुंगा,मुगलिन सडक १० ठाउँमा भन्दाबढी पहिरो र लेदोले अवरद्ध

शुक्रबार दिनभर वर्ष भइरहेको र राजमार्ग नागढुंगा मुगलिन सडकको १० भन्दा बढी ठाउँमा पहिरोसँगै आएको लेदोका राजमार्ग अवरुद्ध भएको छ ।

अविरल वर्षाको कारण पहिरोको जोखिम बढेपछि नौबिसे–मुग्लिन–नारायणगढ सडकखण्डमा सवारी सञ्चालनमा पूर्णरूपमा रोक लगाइएको छ । ठाउँ-ठाउँमा पहिरो खसेपछि काठमाडौँ भित्रिने र राजधानीबाट बाहिरिने सवारीसाधन बीच बाटोमै अलपत्र परेका छन् । लगातारको वर्षासँगै सडकमा लेदो थुप्रिएका कारण सवारी आवागमन बन्द भएको छ । निरन्तर वर्षा भइरहेको र पहिरो खस्नेक्रम बढ्दो रहेको भन्दै सडक खुलाउन समय लाग्न सक्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

यसैगरि नागढुंगा नौबिसे क्षेत्रमा अन्य भागमा समेत पहिरो लडेको र राजमार्ग अवरद्ध भएको छ । खत्रिपौवा, महादेबबेसी, कोइराले आदी स्थानहरुमा सडकमा पहिरो आएपनि हटाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरिक्षक प्रल्हाद सिलवालले जानकारी दिनुभएको छ ।

मलेखुदेखि मुग्लिनसम्म यस्ता १४ स्थान पहिरो खस्ने जोखिम क्षेत्रभित्र पर्छन् । मलेखु, हिलटप फुर्केखोला क्षेत्रमा पहिरो लडेकोले सडक अवरुद्ध भएको छ । जोगिमारा क्षेत्रमा समेत सडक माथीबाट लेदो आएपछि वर्षा भइरहेकोले राजमार्ग अवरुद्ध रहेको छ ।
यात्रु अलपत्र छन् भने लाइफलाइन मानिएको राजमार्ग बन्द भएको छ ।

मुलुककै ‘जीवनरेखा’ यो राजमार्गमा पर्ने बजार क्षेत्रमा चार र अन्य खण्डमा दुई लेन सडक बनाइनेछ । विश्व बैंकको ऋण सहयोगमा सडक स्तरोन्नति थालिएको हो । पहिलो प्याकेजका रूपमा नागढुंगा–नौबिसे खण्डको १२.२६ किलोमिटर छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button