Banner NewsBanner news (with photo)ताजा समाचारमुख्य समाचारवाग्मती प्रदेश

पहिरोले पुरिएर २ जना चेपाङ बेपत्ता

पहिरोले पुरिएर २ जना चेपाङ बेपत्ता

धादिङ

अविरल वर्षापछि खसेको पहिरोले पुरिएर शुक्रवार  २ जना चेपाङ बेपत्ता भएका छन् गजुरी गाउँपालिका वडा नम्बर २ गुम्बाडाडाँमा रहेको ओडारमा बस्दा पहिरो लडेर पुरिएका हुन् ।

नदीमा माछा मार्न गएका बेनिघाटरोराङ गाउँपालिका वडा नम्बर ६ का ४० वर्षीय जनता चेपाङ र २० वर्षीय सन्तु चेपाङ पहिरोमा परेर बेपत्ता खोजी गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयबासीले खोजतलास गरिरहेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी निरीक्षक प्रल्हाद सिलवालले जानकारी दिए ।

यसैगरि गजुरी गाउँपालिका वडा नम्बर ७ र ८ को बिचमा पर्ने घट्टेखोलाले  बगाएपछि एक बालिका बेपत्ता भएकी छिन् । त्यस्तै एउटा  मोटरसाइकल पनि  खोलाले बगाएको  योगेन्द्र बस्नेतले जानकारी दिए । हराइरहेका बालिकाको पहिचान खुलेको छैन ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button