देशका अधिकांश स्थानमा आज पनि निरन्तर झरी
देशका अधिकांश स्थानमा आज पनि निरन्तर झरी
आज शनिबारको दिन पनि देशका धेरै स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ ।
देशभरका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मौसमविदहरुका अनुसार वर्षा गराउने प्रणाली बागमती र गण्डकी प्रदेश आसपास केन्द्रित भइ आज दिनभर नै निरन्तर झरी पर्ने छ ।
कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा धेरै भारी र एकदुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना छ । तराई क्षेत्रमा हावाहुरीको समेत सम्भावना छ । मधेस र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । तराई क्षेत्रमा हावाहुरीको समेत सम्भावना रहेको छ ।
नेपालमा मनसुनी वायु कायमै रहेकाबेला बंगालको खाडीबाट पनि थपिएको जलवाष्पयुक्त वायुले गर्दा अहिले मनसुन अत्यधिक सक्रिय भएको छ । देशभर नै वर्षा, बाढी, पहिरो र डुबानको समस्या छ । जल तथा मौसम विज्ञान विभागका अनुसार १७ स्थानका बाढी मापन केन्द्रमा बाढीको सतह खतराको लेभलसम्म पुगेको छ ।