Banner NewsBanner news (with photo)ताजा समाचारदेशमुख्य समाचार

आजको मौसम बागमती प्रदेशका एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षा

आजको मौसम बागमती प्रदेशका एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षा

देशका केही भू–भागमा आज हल्कादेखि मध्यम वर्षा हुनेछ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर मनसुनी वायुको प्रभाव भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको छ ।

कोसी र गण्डकी  प्रदेशका थोरै स्थान र वाग्मती प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । राती भने कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

ती क्षेत्रमा हुन सक्ने बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button