बाढी र पहिरो परेर ज्यान गुमाउनेको संख्या १८८ को मृत्यु,४१ जना अझै बेपत्ता
बाढी र पहिरो परेर ज्यान गुमाउनेको संख्या १८८ को मृत्यु,४१ जना अझै बेपत्ता
बिहीवार र शुक्रबारको अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परी ज्यान गुमाउनेको संख्या १८८ र ४१ जना अझै बेपत्ता छन् ।
वर्षासँगै आएको बाढी र पहिरोमा सबैभन्दा बढी काभ्रेपलान्चोकमा ५० जनाले ज्यान गुमाए भन्नी अझै १० जना बेपत्ता रहेका छन्।
धादिङमा ३९ जनाले ज्यान गुमाएका छन्,पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेंसी–९, झ्याप्ले खोला खण्डमा मात्र पहिरोले बस र माइक्रोबस पुर्दा ३५ जनाको मृत्यु भएको छ। घाइते भएका ९६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। ललितपुरमा ३३, काठमाडौंमा १७, सिन्धुपाल्चोकमा १०, मकवानपुर र दोलखामा ७/७ जनाको मृत्यु भएको गृहमन्त्रालयद्धारा सार्वजनिक विवरणमा उल्लेख छ । भक्तपुर, पाँचथर र सोलुखुम्बुमा ५/५, झापा, धनकुटा, महोत्तरी, सिन्धुली र रौतहटमा २/२ तथा सप्तरी, उदयपुर, रामेछाप र इलाममा १/१ जनाको मृत्यु भएको छ।
बाढीपहिरो र डुबानरकटानका कारण विभिन्न जिल्लामा रहेका १४ वटा पक्की र झोलुंगे पुल बगेका छन्। ३ हजार २ सय ९९ घर र १८ गोठ क्षतिग्रस्त भएका छन्। बाढीपहिरोमा २ सय ७२ वटा पशुरचौपाया मरेका छन्।
देशभर १३२७ घरमा क्षति पुगेको छ भने राजमार्ग तथा सडकका १९ सडकमा भत्किएका छन् । ३६५४ जनालाई सकुशल उद्धार गरिएको गृहमन्त्रालयले जनाएको छ