पत्रकार सम्मेलनपछि रास्वपा सभापति रवि लामिछाने पक्राउ
पत्रकार सम्मेलनपछि रास्वपा सभापति रवि लामिछाने पक्राउ
०८१ शुक्रबार,०२
सहकारी ठगीको मुद्दामा अनुसन्धानका लागि प्रहरीले पूर्व गृहमन्त्री लामिछानेलाई पार्टी कार्यालयबाटै नियन्त्रणमा लिएको छ ।
गोर्खा मिडियामा पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको अभियोगमा दर्ता भएको पूरक जाहेरीका आधारमा अनुसन्धानका लागि प्रहरीले रविलाई पक्राउ गरेको हो ।
पक्राउ परेका रविलाई आइतबारमात्र कास्की जिल्ला अदालतमा पेस गरिन्छ । शनिबार बिदा भएकाले प्रहरीले आइतबारमात्र उनलाई कास्की जिल्ला अदालतमा पेस गर्नेछ । अदालतमा रविमाथि अनुसन्धानका लागि प्रहरीले समय माग गर्नेछ ।
प्रहरीले नियन्त्रणमा लिएपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिने क्रममा लामिछानेले आफूले कुनै अपराध नगरेको दाबी गरे । तर यो सरकार बनाउने निर्णय भएको थियो, त्यो दिनमा आफूलाई जसरी पनि पक्राउ गर्ने तय भएको भन्दै उनले भने,अदालत प्रक्रियामा सम्मान गर्न चाहन्छु । तर राजनीतिक पूर्वाग्रहमा खुलेर लड्न आग्रह गर्छु । नेपाली नागरिकले हेरेका छन्,उनले भने, राज्यले गरेको यो दादागिरीलाई डटेर सामना गर्न यहाँहरूलाई साहस मिलोस् भन्न चाहन्छु।