Banner NewsBanner news (with photo)ताजा समाचारदेशनीलकण्ठ नगरपालिकाफिचरफोटो फिचरमुख्य समाचारवाग्मती प्रदेशसमाचार

धादिङमा विषादी हालेर पकाएको केरा बिक्री,१० हजार जरिवाना (फोटो फिचर)

धादिङमा विषादी हालेर पकाएको केरा बिक्री,१० हजार जरिवाना (फोटो फिचर)

सीताराम अधिकारी,०८१,कात्तिक,१५,बिहीबार,

धादिङबेसीमा केरामा सबैभन्दा बढी विषादी हालेको फेला परेको छ,स्थानीय बजारमा बिक्री गर्दै आएको खुलेको हो  ।

धादिङबेसी बजारमा ल्याइएको केरामा विषादी हालिएको, कुहिएको केरा बेचेको, अत्यधिक फोहोर गरिएको अवस्थामा केरा राखिएकोले धादिङबेसीएमाले चोकमा रहेका केराको होलसेल व्यापार गर्ने रञ्जना एण्ड रश्मिका सप्लायर्सलाई १० हजार जरिवाना गरिएको अनुगमन समिति सदस्य सचिव उद्योग तथा वाणिज्य कार्यालयका प्रमुख पुरीले बताए ।

धादिङमा विषादी हालेर पकाएको केरा बिक्री,१० हजार जरिवाना (फोटो फिचर)

केरा छिटो पकाउन प्रयोग गरिने विषादी हालिरहेको अवस्थामा जिल्ला अनुगमन समितिले फेला पारेपछि एक पसलेलाई जरिवाना समेत गरेको  छ । विषादी हालेर पकाएको कुहिएको केही केरा समेत अनुगमन समितिले नष्ट गरेको अनुगमन समिति संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले जानकारी दिए । जिल्ला सदरमुकाममा केराको होलसेल व्यपार गरिरहेको सप्लायर्सले अत्यधिक विषादी हालिएको भेटिए पनि केही केरा मात्र नष्ट गरिएको र  बजारमा पुगेको केरा भने निर्बाध व्यापार भइरहेको छ ।

धादिङमा विषादी हालेर पकाएको केरा बिक्री,१० हजार जरिवाना (फोटो फिचर)

बजारको मागको करिब ५० प्रतिशत केरा सोही होलसेल पसलेले पुरा गर्दै आएका छन् । केरामा एक किसिमको विषादी हालेर केरा पकाएको केरा खाएपछि मानिसमा क्यान्सर लगायतका बिरामी हुने स्वास्थ्यकर्मीहरुको भनाइ छ ।

धादिङमा विषादी हालेर पकाएको केरा बिक्री,१० हजार जरिवाना (फोटो फिचर)

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button