Banner NewsBanner news (with photo)ताजा समाचारत्रिपुरासुन्दरी गाउँपालिकादेशमुख्य समाचारवाग्मती प्रदेशसमाचारस्थानीय तहस्थानीय समाचार

त्रिपुरासुन्दरी माइ भगवती माइत झरिन

त्रिपुरासुन्दरी माइ भगवती माइत झरिन

०८१,मंसिर २०,बिहीबार,

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–४ सल्यानकोटबाट भगवती माइको प्रतिमूर्तिलाई त्रिपुरासुन्दरी गाउँपालिका–६ हाँसेबजारस्थित माइथानबेँसी त्रिपुरासुन्दरी भगवती माई बुधबार बिहान माइत झरेकी छिन् ।

जिल्ला सदरमुकाम धादिङबेशी बाट ४० किलोमिटर उत्तरतर्फ पर्ने यो मन्दिरमा जात्रा हेर्नका लागि छिमेकी जिल्ला गोरखा, नुवाकोट, चितवन, काठमाडौं लगायतका ठाउँबाट भक्तजन आउने गर्दछन् ।

अघिअघि पञ्चेबाजासँगै नाङ्गो खुँडा, खुकुरी बोकेका युवा। त्यसपछि दियो, कलश, शङ्ख, घण्टसहितका नरनारी, प्रहरी र भक्तजनले बनाएको हाते साङ्लोको घेराभित्र लामो कपाल मात्र देखिने प्रतिमूर्ति भगवतीको प्रतिमूर्तिलाई एक वर्षभित्र घर, माइती र मावली गरी तीन ठाउँमा पूजापाठ गर्ने अनौठो र रोचक परम्परा छ। यही परम्पराअनुसार आज बिहान भगवतीको घर सल्यानकोट डाँडाको मन्दिरबाट माइतीको रूपले चिनिने माइथानबेंसीको मन्दिरमा सारिएको हो । भगवतीको प्रतिमूर्तिलाई एक वर्षभित्र घर, माइत र मावली गरी तीन ठाउँमा पूजापाठ गर्ने अनौठो र रोचक परम्परा छ । यही परम्पराअनुसार बुधबार बिहान भगवतीको घरको रूपले परिचित सल्यानकोट डाँडाको मन्दिरबाट माइतीको रूपमा चिनिने माइथानबेँसीको मन्दिरमा सारिएको स्थानीय पुजारी अर्जुन सापकोटाले जानकारी दिए ।

त्रिपुरासुन्दरी माइ भगवती माइत झरिन

स्थानीय पुजारी अर्जुन सापकोटाका अनुसार मंसिरदेखि चैतसम्म भगवतीलाई आगिन्चोक गाविसस्थित बेँसीको मन्दिरमा राखिन्छ । जुन भगवतीको माइतीको रूपमा चिनिन्छ । ‘सल्यानकोटकै पश्चिम थुम्कामा रहेको अर्को मन्दिरमा राखेर वर्षमा आठ महिनाभन्दा बढी समय भगवतीलाई त्यही पूजाआजा गरिने चलन छ । यसलाई भगवतीको कर्मघरका रूपमा लिइन्छ’, उनले भने । रोचक कुरा बाकसभित्र राखिएको भगवतीको प्रतिमूर्तिलाई भक्तजनले छुन भने नपाउने उनको भनाइ थियो । सापकोटाले भने, ‘पहिलेदेखिको चलन यही हो । भगवानलाई छुन र हेर्न पाइँदैन । बाहिरबाटै दर्शन गर्ने फुलअक्षता चढाउने हो ।’ देवीको दर्शन गर्न सयौँको संख्यामा भक्तजनले मध्यरातीदेखि नै बाटो कुरेर बस्ने गर्दछन् । मूर्ति देख्न र छुन नपाए पनि गल्लीगल्लीमा जम्मा भएका भक्तजनले टाढैबाट दर्शन गर्ने गरिएको उनले बताए । वडादसैँको चतुर्थीका दिन पूर्वतर्फ दसैँ घरबाट मूल मन्दिर सल्यानकोट सारिएको मूर्तिलाई बुधबार बिहानै न्वाघी घर आगिन्चोक हाँसे बजार मन्दिरमा सारिएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button