Banner NewsBanner news (with photo)ताजा समाचारदेशनीलकण्ठ नगरपालिकामुख्य समाचारवाग्मती प्रदेशसमाचारस्थानीय तहस्थानीय समाचारस्वास्थ्य

जिल्ला अस्पताल धादिङको आ.व.२०८०/२०८१ को सामाजिक परीक्षण कार्य सम्पन्न

जिल्ला अस्पताल धादिङको आ.व.२०८०/२०८१ को सामाजिक परीक्षण कार्य सम्पन्न

०८१,मंसिर १९,बुधबार,

जिल्ला अस्पताल धादिङको आ.व.२०८०/२०८१ को सामाजिक परीक्षण कार्य सम्पन्नधादिङ मिडिया नेटवर्कको आयोजनामा मंगलबार धादिङ अस्पतालले सरोकारवालाहरुको बिचमा सामाजिक लेखापरिक्षण कार्यको सम्पन्न गरेको छ ।

धादिङ अस्पतालले आर्थिक वर्ष २०८०/२०८१ मा प्रवाह गरेका सेवाहरु, आर्थिक हिसाव किताव र जनताको गुनासोहरु तथा सुझावहरु समेटेर धादिङ मिडिया नेटवर्कका सहजकर्ता मनिष दुवाडीले रिपोर्ट सार्वजनिक गरेका थिए ।

कार्यक्रममा अस्पतालको अधिनमा रहेको भौतिक सम्पत्तिको उचित व्यवस्थापन र संरक्षण गर्नुपर्ने, अस्पताल हाता भित्रको सरसफाईमा ध्यान दिनुपर्ने, एम्बुलेन्स तथा शव वाहान सेवालाई व्यवस्थीत गर्नुपर्ने, अस्पतालले संचालन गरेको फार्मेसिमा प्रायऔषधीहरु नपाउने र बाहिर किन्नुपर्ने अवस्था पटक–पटक सिर्जनाभएको, दरवन्दीअनुसार कर्मचारी कायमहुन नसकेको, शौचालय सरसफाई हुन नसकेको जस्ता गुनासोहरु गरिएको थियो । सार्वजनिक गरिएको रिपोर्टमाथि छलफल गर्दै अस्पतालसंग सरोकार राख्ने नागरिक अगुवाहरुले अस्पतालले संचालन गरेका सेवाप्रवाहमाथि जिज्ञासा, टिप्पणी, तथा सुझाव दिएका छन् ।

अस्पतालको भवनका लागि डिपिआर स्वीकृत गराउने कि परिमार्जन गर्ने भन्ने सवाल मूख्य रुपमा उठाएका छन् । अस्पतालमा डायलाइसिस गर्ने विरामी धेरै छन् । अस्पतालमा २० जनाले डायलाइसिस गरिरहेका छन् भने २२ जना पालो कुरिरहेका छन् । कर्मचारी र उपकरण अभावका कारण सेवा प्रभावित बनेको छ । सहभागीहरुले अस्पतालमा खानेपानी, शौचालय सरसफाई, अनलाइन टिकेट सेवा सुरु तथा विमाको लागि अर्काे काउन्टर स्थापना गर्ने, फिजियोथेरापी फराकिलो ठाउँमा राख्ने र उपकरण थप्ने, अस्पताल भवन अपाङ्गतामैत्री हुनु पर्ने जस्ता सवालहरु उठाएका छन् । त्यस्तै, स्वास्थ्य सम्बन्धि ज्ञान तथा चेतना दुर दराजसम्म पुर्याउनु पर्ने भन्दै स्थानीय रेडियो, टेलिभिजन तथा आम सञ्चार माध्यममा डाक्टरसँग नागरिक कार्यक्रम सुरु गर्न समेत सहभागीहरुले सुझाव दिएका छन् ।

कार्यक्रममा उठेका जिज्ञासा तथा सवालहरुको सम्बोधन गर्दै धादिङ अस्पतालका निमित्त अस्पताल निर्देशक डाक्टर गगन अधिकारीले अस्पताल प्रशासनको तर्फबाट समाधानका लागि हर प्रयास गरिरहेको बताए । ‘कतिपय दीर्घकालिन फाइदा पुग्ने योजना छन् । अस्पताल सञ्चालन समिति आइ सकेपछि तत्काल अगाडी बढाइनेछ । त्यस्तै, अस्पतालको नाममा विभिन्न फेसबुक पेज तथा अकाउण्टहरु चलिरहेका रहेछन् । नयाँ सूचना अधिकारीले नयाँ पेज बनाएर नयाँ अपडेट गर्नेछ’ उनले भने ।

 

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button