नेपाल प्रिमियर लिग (एनपीएल) मा आज कर्णाली र काठमाण्डौ तथा विराटनगर र लुम्बिनी बिचको खेल हुने
नेपाल प्रिमियर लिग (एनपीएल) मा आज कर्णाली र काठमाण्डौ तथा विराटनगर र लुम्बिनी बिचको खेल हुने
०८१,मंसिर १९,बुधबार,
नेपाल प्रिमियर लिग (एनपीएल) मा आज बिहान ९ बजे कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा दुई टोली गुर्खाज र याक्स एनपीएलमा आज भिड्दैछन् ।
नेपाली राष्ट्रिय टोलीका दुई मिडियम पेस बलर हुन् करण केसी र सोमपाल कामी तर दुवै खेलाडी मार्की तथा कप्तान रहेको टिमले भने नपाल प्रिमियर लिग एनपीएलमा राम्रो सुरुवात लिन सकेन । दुवै टिममा राष्ट्रिय टिमका अनुभवी खेलाडी देखि विदेशी खेलाडीहरु पनि राम्रा छन् । त्यही अनुसारको प्रदर्शन भने दर्शकले हेर्न पाएनन् पहिलो खेलमा ।
पहिलो खेलमा पराजित भएपछि दुवै टोली आज पहिलो जितको खोजीमा छन् । दुवै टोलीको चर्चा उत्तिकै छ । काठमान्डु गुर्खाजको राजधानीको टिम भएकोले यहाँको स्थानिय समर्थन पाउने गर्छ र राम्रो प्रदर्शन गर्न सधैँ दबाब हुने गर्छ । त्यसमा पनि नेपालमा खेलिसकेका अनुभवी विदेशी क्रिकेटर र इंग्ल्याण्डको खेलाडीहरु अनुबन्ध गरेको काठमान्डु टिमबाट आशा पनि छ ।
अर्कोतर्फ कर्णालीमा नेपाली र विदेशी खेलाडी सबै राम्रा छन् । अक्सनमा भाग्यमानी बनेको अनी धवनसहित नेपालमा यसअघि लिग खेलिसकेका खेलाडीहरु अनुबन्ध गरेको कर्णालीको टिम सन्तुलित नै देखिन्छ ।
काठमान्डु गुर्खाज सम्भावित ११ : माइकल लेभिट, स्टेफेन इस्किनाजी, सुमित महर्जन, जेरार्ड एरासमस, भिम शार्की, शंकर राना, डान डौथवेट, करण केसी, रासिद खान, शाहब आलम, दिपेश कँडेल
कर्णाली याक्स सम्भावित ११ : शिखर धवन, देव खनाल, रित गौतम, बाबर हायत, जिसान मक्सुद, अर्जुन घर्ती, गुल्सन झा, सोमपाल कामी, भुवन कार्की, दीपेन्द्र रावत, नन्दन यादव