Banner news (with photo)Uncategorizedसुदूरपश्चिम प्रदेश

बझाङमा करेन्ट लागेर एक युवकको मृत्यु ।

बझाङमा जिल्लाको केदारस्युँ गाउँपालिका -१ बिली बस्ने २५ वर्षीय राम कुमार भण्डारीको करेन्ट लागेर मृत्यु भएको हो ।
सनिवार बिहान चौडाम बगर धामीराटी कुलोमा पानी फर्काउने क्रममा उनको करेन्ट लागेर मृत्यु भएको वडाध्यक्ष वीरबहादुर भण्डारीले बिबिसि खबरलाई जानकारी दिनुभएको छ ।
वडाध्यक्ष भण्डारीका अनुसार उनी सनिवार बिहान १० गहुँ खेतमा पानी लगाउन घरबाट निस्किएका थिए ।
पानी लगाउन गएका भण्डारी अबेरसम्म घर नफर्किएपछि आफन्तले खोजी गर्नेक्रममा चौडमा बगरको कान्द्वाल भीरमा साँझ ७.४५ बजे मृत फेला परेका हुन् ।

कुलोमा पानी फर्काउने क्रममा विद्युतको तारा नजिकै हुँदा करेन्ट लगेर उनको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।
भण्डारी मृत फेला परे लगत्तै वडाध्यक्ष भण्डारीले जिल्ला प्रहरी कार्यालयमा जानकारी गराउनुभएको थियोे , भने जानकारी पाउने वितिकै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक दिपेश चौधरीको कमाण्डमा ९ जनाको टोली घटना स्थल पुगेर घटनाबारे अनुसन्धान गरेका थियोे ।
अहिले मृत भण्डारीको शब जिल्ला अस्पतालको शव गृहमा राखिएको छ ।

Okhar News is a dynamic online blogging platform from Nepal, dedicated to delivering the latest news, trends, and insightful articles across various topics. Our mission is to provide fresh and engaging content that keeps our readers informed and inspired. From current events to lifestyle, technology, and more, Okhar News is your go-to source for staying updated with what's happening around you.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button